बनखु (महाभारत)/नागरिकता तथा राहदानीका लागि धुलिखेलसम्म आउनुपर्ने काभ्रेको विकट महाभारत गाउँपासलकाका स्थानीयबासीको बाध्यता आजदेखि अन्त्य भएको छ । महाभारत गाउँपालिकामा पहिलोपटक इलाका प्रशासन कार्यालय स्थापना भई सर्वसाधारणका लागि सेवा सुरु भएपछि स्थानीयबासीको बाध्यता अन्त्य भएको हो ।