2026 April 17/ 12:36: 41am

    बनेपा/पत्रकार महासंघ काभेका सदस्य एवं नयाँ पत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोले आज साँझ अमेरिका जाँदै छन् । डिबी मार्फत अमे।िरका जान लागेका गोले जिल्लामा १२ वर्ष देखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका थिए ।
    पत्रकार गोलेलाई नेपाल पत्रकार महासंघ काभ्रे शाखाले एक कार्यक्रमका बीच विदाई तथा शुभकामना ब्यक्त गरेको छ । अध्यक्ष मोतीराम तिमल्सिना, प्रदेश नम्वर ३ का सचिव सुरेश हुमागाई, महासंघका उपाध्यक्ष रमेश न्यौपाने लगायत जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । गोलेलाई कृयाशिल पत्रकारितामा सक्रिय रहन शुभकामना दिईएको थियो ।