धुलिखेल, रवि/युवा सघं नेपाल धुलिखेल नगरपालिका वडा २ को वडा कमिटीको आयोजनामा नगर स्तरीय दोस्रो स्व. राजन कोईराला स्मृती कप रनिङ्ग शिल्ड प्रतियोगीता प्रदेश नं. ३ का भौतीक योजना तथा पुर्वाधार विकास मन्त्री केशब स्थापितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थापितले विकास निमार्णमा सरकारले कसैसँग सम्झौता नगर्ने बताए । विकासको कार्य अघि बढिसकेकाले त्यसलाई कसैले रोक्न नसक्ने उनले बताए । कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, नेपाल नगरपालिका सघंका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जू, बनेपा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहाल, २ नं वडाका कावा वडा अध्यक्ष अर्जुन न्यौपाने, वडा सदस्य टिका बल्धव सापकोटा, सेतिदेवि दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष चर्तूभुज तिमल्सिना, साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष देवप्रसाद कोईराला, नेकपा धुलिखेल २ नं का उद्धव चौलागाई लगायतका ब्यक्तिहरुले स्व. वडा अध्यक्ष राजन कोईरालाले विकास निमार्णमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा वडा नं ७ ले वडा नम्वर ४ लाई पराजित गरी भलिबल कप हासिल गरेको थियो । प्रथम हुने टिले नगद २० हजार र उप विजेताले नगद १० हजार प्राप्त गरे । कार्यक्रम युवा सघं नेपालका वडा कमिटी संयोजक मधुकर गेलालको सभापतित्वमा सम्पन्न भएको थियो ।





