2026 October 15/ 10:20: 41pm

    पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    सभामा बोल्दै प्रमुख अतिथी न्यौपानेले पनौती नगर विकासका लागि सहकारीहरुले एकिकृत योजना अघि सार्नु पर्ने बताएका थिए । सहकारी मार्फत गर्न सकिने थुप्रै योजनाहरुमा नगरपालिका सहयोगी बन्ने प्रमुख न्यौपानेले बताए । कार्यक्रममा अध्यक्ष रोशन श्रेष्ठले सहकारीको उदेश्य र नाम नै बेरोजगार ब्यक्तिहरुलाई उद्यम बनाउने भएकाले शेयर सदस्यहरु प्रत्येकलाई आत्मनिर्भर बनाई आर्थिक सम्वृद्ध बनाईनेमा जोड दिए । कार्यक्रममा नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, काभ्रेपलाञ्चो जिल्ला सहकारी संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, सामुदायिक साकोसका उपाध्यक्ष प्रताप ताम्राकार लगायतले उद्यम विकास साकोसले पनौती क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए । संंस्थाले आर्थिक वर्षको अन्त्यमा २२ सय ६५ सदस्यहरुबाट १ करोड ६३ लाख ८७ हजार ६ सय शेयर पुँजी संकलन गरी १६ करोड ८५ लाख ९८ हजार बचत संकलन गरेको छ । १६ करोड २८ लाख ३४ हजार ऋण लगानी गरेको उक्त संस्थाको १९ करोड ७१ लाख ५८ हजार कुल पुँजी रहेको छ । 
    कार्यक्रममा सचिव ऋषिराम सापकोटा, कोषाध्यक्ष बिमल कार्की, लेखा संयोजक सहकुल बस्नेत लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सनिलसुन्दर सैजुको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थापक अध्यक्ष सनतप्रसाद सापकोटा तथा सहकारीसँग सम्वन्धित ब्यक्तिहरुले उद्यमको आगामी योजनामा सहकार्य गर्ने प्रतिवद्धथा ब्यक्त गरेका थिए । उत्कृष्ट ऋणी, बचतकर्ता तथा शेयर सदस्यका छोराछोरीहरुलाई शैक्षिक छात्रवृत्ति र पुरस्कार वितरण गरिएको अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए