2026 April 17/ 12:36: 40am

    बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लि.को छैठौ वार्षिक साधारण सभा जिल्ला सहकारी संघ लि. का अध्यक्ष बिनोद पराजुलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    साधारण सभाको बन्द सत्रले पुनः रामसुन्दर श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा माधव नारायण भैल, सचिब गोर्वधन कर्माचार्य, कोषाध्यक्ष राजकुमार विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहनकुमार श्रेष्ठ, भिमकृष्ण श्रेष्ठ, शान्तिरत्न शाक्य, राजेन्द्रप्रसाद श्रेष्ठ, विजेश कुमार पोटे, सुदन केसी, प्रमिला चण्डी श्रेष्ठ रहेका छन् । लेखा तथा सुपरिबेक्षण समितिको संयोजक गोपाल प्रधान रहेका छन् भने सदस्यहरुमा श्याम कुमार श्रेष्ठ र रामकुमार तखांछे रहेका छन् । साधारण सभाको उद्घाटन सत्रमा बेल्दै प्रमुख अतिथी पराजुलिले सहकारीहरुले जिल्लामा पु¥याएको योगदान अविश्मरण्ीाय रहेको बताए । सहकारीहरुको ईमान्दारीता र पारदर्शिता आवश्यक रहेको बताउँदै उनले नयाँ ऐन र नियम कार्यान्वयनमा जोड दिए । कार्यक्रममा आभाष साकोसका सचिब प्रकाश कायस्थ, पत्तञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठ, संस्थाका कानुनी सल्लाहकार रमेश हुमागाई, लगायतले मन्तब्य राखेका थिए । 
    सचिव चन्द्र ढकालको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष राजकुमार विष्टको आर्थिक प्रतिबेदन र लेखा तथा सुपरिवेक्षण समितीको प्रतिवेदन सदस्य प्रमिला चण्डी श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । एक करोड ७५ लाख ४० हजार ९ सय शेयर पँुजी रहेको उक्त सहकारीको बचत ९ करोड ७४ हजार लाख १२ हजार ५ सय ९९ रहेको छ । सहकारीले १३ करोड ५० लाख ५१ हजार ४ सय ३६ ऋण लगानी गरेको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष माधव नारायण भैलले गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष रामसुन्दर श्रेष्ठले गरेका थिए ।