काठमाडौ/जनता बैंक नेपाल लिमिटेडबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरणहरु हस्तान्तरण गरेको छ ।
एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले नगद ५ लाख, आई फाईभ ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरेका थिए । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा ५ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई उत्त बैंकले विगत ३ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा छात्र÷छात्रा गरी ८९ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् ।
सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखि सामाजिक कार्यहरु गर्दै आएको छ । बैंकले देशैभरी फैलिएका १२३ शाखा, ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।





