2026 April 16/ 10:36: 57pm

    बनेपा/प्रतिभा सम्मान प्रवन्ध गुठीले यस वर्ष महिला सञ्चारकर्मी तथा पत्रकारहरुको सम्मान गर्ने भएको छ । 
    प्रत्येक वर्ष प्रदान गरिंदै आएको उक्त सम्मान सञ्चार क्षेत्रमा समर्पित राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा समेत ख्याति कमाइसकेका सञ्चारकर्मी कृष्णा ताम्राकार (काठमाडौं), काभ्रेका सक्रिय महिला पत्रकार भगवती तिमल्सिना (काभ्रे, नेपाल समाचारपत्र) र सक्रिय युवा महिला पत्रकार सिर्जना दुवाल श्रेष्ठ (बनेपा, नारी मासिक) प्रत्येकलाई .१५,००० ।– नगद सहित ताम्रपत्र र दोसल्ला प्रदान गरी क्रमशः प्रतिभा पदक, ज्ञानबहादुर पदक र कान्छाभाइ वैद्य पदकसहित सम्मान गरिनेछ ।    
    यसअघि उक्त सम्मानले हास्यव्यङ्ग्यका चर्चित लेखकहरु मदनकृष्ण श्रेष्ठ (काठमाडौं), हरिवंश आचार्य (काभ्रे) लाई र समाज सेवामा राष्ट्रिय नाम कमाइसकेका डा. अनोजा भिक्षुणी (बनेपा) लाई प्रदान गरिएको हो । यस वर्षको उक्त कार्यक्रम असोज १३ गते बनेपामा अध्यक्ष मोहन दुवालले जानकारी दिए