2026 April 16/ 10:47: 32pm

    बनेपा/हिमालय मावि बनेपाको नव निर्मित भवन उद्घाटन तथा विद्यालयको ५७ औ वार्षिकोउत्सब समारोह बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंबादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथी बादेले विद्यार्थीहरुलाई अनुशासित हुन सिकाउने शिक्षकहरुले पहिला आफै अनुशासित हुनु पर्ने बताए । विगतमा जनप्रतिनिधीहरु नहुदाँ जे भयो भयो अब कुनै हालतमा पनि विद्यालयहरुलाई अनशासन हिन हुन दिन नहुने नगर प्रमुख बादेले बताए । बनेपा नगर भित्रका विद्यालयहरु बाट अन्य ठाउँमा सरुवा गर्दा होस, अन्यत्र बाट नगरपालिका भित्रका विद्यालयमा आउँदा अनिवार्य नगरपालिकाको अनुमति लिनु पर्ने अन्यथा नगरपालिका जवाफदेहिता नहुने उनले बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यन्वयन ईकाईका प्रमुख डिक बहादुर राई, बनेपा नपा शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी, पत्तञ्जली योग समिती ३ नं प्रदेशका अध्यक्ष ग्रुबेन तौजले लगायतका ब्यक्तिहरुले शुभकानमा मन्तब्य राखेका थिए । 
    कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक धुर्व प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए । २०७२ सालको भुकम्पबाट विद्यालयको भवन पुर्ण क्षति भई अर्काे भवन तयार नभएको अवस्था सम्म विभिन्न संघ सस्थाहरुले सहयोग गरी विद्यार्थीहरुलाई पढ्ने बाताबरण बनाई दिएकामा धयन्बाद दिएका थिए । नव र्निमित भबन १० कोठे भुकम्प रहित छ । भवनको लागत १ करोड ५९ लाख लागत लागेको उनले बताए । कार्यक्रममा पत्तञ्जली योग समिती ३ नं प्रदेश अध्यक्ष ग्रुब्रेन तौजलेले एसर्ईईमा उतिर्ण छात्रलाई नगद रु ५ हजार बाट सम्मान गरेका थिए भने युवा ब्यबसायी जंगबहादुर महतले विद्यालयमा ७५ हजारको अक्षयकोष स्थापना गरेका थिए । कार्यक्रममा विभिन्न चन्दादाता, सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम ब्यबस्थापन समितीका अध्यक्ष उत्तम भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।