बनेपा/बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नऔ बार्षिक साधारण सभा सहकारी विज्ञ एवं काभ्रेपलाञ्चोक जिल्लाका पुर्व प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सहकारी विज्ञ ढकालले सरकारले ल्याएको सहकारी सम्वन्धी ऐन कार्यान्वयनमा समस्या रहेको बताए । सरकारहरु आफै सहकारीका बारेमा बुझ्दै रहेकाले त्यसको कार्यान्वयन चुनौती भएको उनले बताए । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरी केसीले सहकारीहरुले खेलेको भूमिका महत्वपूर्ण भएकाले इमान्दारीता र पारदर्शीता प्रमुख कुरा रहेको बताए । राष्ट्रिय स्तरमा मात्रै नभई अन्र्तराष्ट्रिय स्तरमा समेत सहकारीहरुले खेलेको भूमिका र पहिचानका लागि गरेको मेहनता सहनिय भएको केसीले बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सकारीहरुले सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिनु पर्ने बताए । नाफाको केहि प्रतिशत त्यस्तो अभियानमा खर्च गर्दा शेयर सदस्यहरुको मात्रै नभई समुदायको हित हुने उनले बताए । काभ्रे उद्योग बाणिज्य सघंका अध्यक्ष प्रकाश मानन्धरले आर्थिक सम्वृद्धीका लागि सहकारीहरु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सस्थापक अध्यक्ष सुरकृष्ण बैद्य, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, जिल्ला सहकारी संघका उपाध्यक्ष रामचन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो । यातायात ब्यवसायीहरु, विभिन्न सहकारी संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सभामा सहभागिता रहेको थियो ।
अध्यक्ष दिनेश कायश्थले सहकारीहरुले खेल्ने भूमिकामा कुनै कमी नहुने बताउँदै शेयर सदस्यहरुका लागि प्रदान गरिने सेवामा इमान्दारीता र पारदर्शीता रहने बताए । सचिव प्रकाश कायश्थले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष विकास बैद्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा लेखा समिति धर्मभत्त प्रधानले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष ग्रुवेन तौजलेले धन्यवाद ज्ञापन गरेका थिए । ३४ सय शेयर सदस्य रहेको उक्त सहकारीमा ३ करोड ३४ लाख ८० हजार शेयर पुँजी, ३८ करोड १२ लाख बचत, ३५ करोड ८६ लाख ऋण लगानी भएको छ । सहकारीले ५० लाख मुनाफा गरी १२ लाख कर बुझाएको प्रवन्धक सुवास बैद्यले जानकारी दिए ।
सोहि सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो





