बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले सहकारीहरुले नगर क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएको बताए ।
अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत मन्तब्य राखेका थिए भने दियेशरत्न शाक्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आर्थिक प्रतिवेदन तथा शान्तिराज कायश्थले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । २३ सय ९८ शेयर सदस्यबाट ५ करोड १८ लाख ८० हजार शेयर पुँजी संकलन गरेको सहकारीले ५५ करोड ६५ लाख ९१ हजार रुपैया बचत संकलन गरेको छ । संस्थाले कुल १ अर्ब ७ करोड ७० लाख ४२ हजार ऋण लगानी गरेको छ । सहकारीले सबै खर्च कटाएर खुद मुनाफा १ करोड ३९ करोड ३९ लाख मुनाफा गरेको छ ।
सभामा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगायतले सहकारीले जिल्लामा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोहि सभामा साँगाका माधव जोशीलाई सम्मान गरिएको थियो भने सहकारीलाई योगदान पु¥याउने र कारोवार गर्ने उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।





