बनेपा/मोडेल बचत तथा ऋण सहकारी संस्था लिको ११ औ बार्षिक साधारण सभा सहकारी संघका अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष राजन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बडालले सहकारीहरुले नेपालको आर्थिक सम्वृद्धीमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सभामा नेफ्स्कुनका केन्द्रिय सदस्य उद्धब सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका द्वितिय उपाध्यक्ष तिर्थमाया प्रधान, सल्लाहकार रमेश पौड्याल र रामकृष्ण घिमीरे, युवा साकोसका उपाध्यक्ष भिम शर्मा लगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष कृष्ण तिमल्सिनाको स्वागत मन्तब्य रहेको उक्त सभामा बार्षिक प्रतिवेदन सचिव रामसुदन तिमल्सिनाले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष ओमकृष्ण प्रधानले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक केशवप्रसाद तिमल्सिनाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२२ सय १ सदस्य रहेको उक्त सहकारीमा १ सय ७१ जना बाल सदस्य रहेका छन् । १ करोड ३६ लाख ८४ हजार शेयर पुँजी, १३ करोड ६ लाख ५६ हजार बचत संकलन गरी १२ करोड ६८ लाख ८४ हजार ऋण लगानी गरेको उक्त सहकारीले २ करोड १६ लाख ५८ हजार आम्दानी गरेको थियो । सहकारीले सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पुरस्कृत गरेको थियो ।





