बनेपा/स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ सभा जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
साधारण सभाको बन्द सत्रले पुनः कृष्णलाल श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष विकास श्रेष्ठ, सचिव इश्वरकुमार श्रेष्ठ, कोषाध्यक्ष भिमप्रसाद ढकाल रहेका छन् । त्यस्तै सदस्यहरुमा होमनाथ बजगाई, मोहनकाजी श्रेष्ठ, रामबशरण पाठक, दिपेन्द्र बैदार, विश्वलाल श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र बाबुकाजी श्रेष्ठ रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा विकास कुमार श्रेष्ठ संयोजक रहेका छन् भने सदस्यहरुमा सुमनकृष्ण कायश्थ र राजेन्द्र पोटे सदस्य रहेका छन् । साधारण सभाको उद्घाटन सभामा बोल्दै प्रमुख अतिथी पराजुलीले सहकारीहरुले जिल्लामा पु¥याएको योगदान अविश्मरणीय भएको बताउँदै सहकारीहरुको पारदर्शीता र इमान्दारीता आवश्यक रहेको बताए । कार्यक्रममा काभ्रेपलाञचोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव उदयराम कायश्थ, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले मन्तब्य राखेका थिए ।
सचिव ईश्वरकुमार श्रेष्ठको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भिमप्रसाद ढकालको आर्थिक प्रतिवेदन प्रस्तुत भएको सभामा लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक विकासकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । १ करोड ९६ लाख २३ हजार शेयर पुँजी रहेको उक्त सहकारीले ९ करोड ६६ लाख १७ हजार बचत संकलन गरी ७ करोड ७७ लाख १७ हजार ऋण लगानी गरेको छ ।





