धुलिखेल/जापानको सारुफुत्सु पालिकाका प्रमुख÷उप–प्रमुख सहितको टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण गरेको छ ।
जापानको उक्त पालिका र धुलिखेल नगरपालिका विच पारस्परिक समझदारी र मित्रता सहित जनशक्ति विकास आदानप्रदान मार्फत दुवै पक्षको दिगो विकासमा योगदान पु¥याउने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापनाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले स्थानीय सरकार गठनसँगै परिषद्हरु मार्फत भएका विकास निर्माण र त्यसको प्रभाव तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी गराएका थिए । स्वस्थ शहर, वातावरणीय शहर तथा दिगो विकासका महत्वपूर्ण क्षेत्रमा भएको प्रगतिका बारेमा जानकारी गराउँदै नगर प्रमुख अशोक ब्याञ्जुले जापान सरकारसँगको साझेदारीमा भएका विभिन्न समझदारीको अवस्थाका बारेमा बताएका थिए ।
शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारका लागि जापान सरकारसँग धुलिखेल नगरपालिकाले गरिरहेको समझदारी र समन्वयका बारेमा नगर प्रमुख ब्याञ्जुले जानकारी गराएका थिए । नगरपालिकाका तर्फबाट स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरपालिकाका समग्र गतिविधिका बारेमा जानकारी गराएका थिए । समझदारी पत्रमा दुई देशका नगरपालिका बीच विभिन्न क्षेत्रमा साझेदारी गर्ने उल्लेख छ ।





