नमोबुद्ध/नमोवुद्ध नगरपालिकाका पूर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको मंगलबार विहान निधन भएको छ ।
२०८२ साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ । स्वर्गीय तिमल्सिनाको दाहसंस्कार भकुण्डेबेशीमा गरिएको थियो । त्यस अघि शर्माको पार्थिव शरीरलाई नगरपालिका प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । लगत्तै आर्यघाटमा पु¥याई नेकपा एमालेका नेताहरुले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
संस्थापक नगर प्रमुख तिमल्सिना स्कुटर दुर्घटनामा घाइते भएका थिए । नार्केबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले विपरीत दिशाबाट आउदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिएको थियो । दुर्घटनामा बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ बस्ने किशोर तिमल्सिना सामान्य घाईते भएका थिए । स्कुटरमा पछाडि सवार उनका बुबा ६९ वर्षीय टिपी शर्मा तिमल्सिना गम्भिर घाईते भएका थिए । स्कुटर चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
संस्थापक नगर प्रमुख शर्मा पत्रकारिता र साहित्यमा समेत कृयाशिल थिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व सदस्य, प्रेस चौतारी नेपाल काभ्रेका संस्थापक सदस्य तथा विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल थिए । उनको निधनप्रति विभिन्न संघ संस्थाहरुले शोक बक्तब्य जारी गरेका छन् । चेष्टा साप्ताहिक, प्राईम एफएम, मदानी विट अनलाईनले पनि टिपी शर्माको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रेस चौतारी नेपाल काभ्रेले पनि शोक बक्तब्य जारी गरेका छन् ।








