2026 August 20/ 12:43: 14am

    बनेपा/पतंजलि योग समिति, महिला पतंजलि, युवा समिति नेपालको संयुक्त आयोजनामा ११ औँ अन्तराष्ट्रिय योग दिवस मनाएको छ । 
       बनेपा नगपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा पतञ्जली योग समितिका अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा भएको कार्यक्रममा योग गर्नुका फाईदाका बारेमा बताईएको थियो । समितिका अध्यक्ष कायस्थले भने योगले शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्ने बताएका थिए । त्यसैगरी योगले तनावलाई घटाउने, नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या, पाचन प्रक्रियालाई सहयोग पु¥याउँछ, बालबालिकालाई योग अभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुने, योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहने,  नियमित अभ्यासबाट कार्यक्षमतामा बृद्धि हुने, योगले मानसिक शान्ति प्राप्त, प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्ने र शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले नियमति योग गर्नु पर्ने कायस्थले बताईए । 
        कार्यक्रमका प्रमुख अतिथी शाक्यले नगरपालिकाले योगलाई विशेष महत्व दिँदै बालबालिकाहरुबाटै योग शुरु गर्दा सहज हुने भएकाले कक्षा ७ र ८ मा योग सम्बन्धी पाठ्यक्रम नै राखिएको बताए । सामुदायिक विद्यालयमा योग शिक्षकको ब्यबस्थापन गरी योगलाई प्रत्येक घर घरमा पु¥याउने शाक्यले बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, आर्युबेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख अर्जुन उपाध्याय, पतञ्जली योग समिति वागमती प्रदेश नेपालका अध्यक्ष ग्रुबेन तौजले, सदस्य दमन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पतञ्जली योग समितिले विगत ३ वर्ष अघि देखी नगर भित्रका सामुदायीक विद्यालयमा अध्यापन गर्ने ७ जना विद्यार्थीहरुलाई कक्षा १ देखी १२ सम्म अध्यापनका लागी ब्याग, स्टेश्नरी, ड्रेस लगाएतका सामाग्री प्रदान गरेको छ । समितीका अध्यक्ष कायस्थले २०८० साल बाट शुरु गरिएको छात्राबृत्तिलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । 
       कार्यक्रममा स्वागत मन्तब्य महिला पतञ्जली योग समितिका अध्यक्ष ईन्दिरा तौजले, धन्यवाद ज्ञापन युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । समितिले सोहि अवसरमा विभिन्न रोग सम्बन्धि ३ दिने शिविर संचालन गरेको थियो ।