2026 August 22/ 04:59: 55pm

    धुलिखेल/युवा नेता, समाजसेवी, २०७४ सालमा नेपाली काँग्रेसबाट उम्मेदवारी भई वडा सदस्यमा विजयी भई निरन्तर जनताको काममा सक्रिय धुलिखेल १२ का प्रविण सापकोटा सहितको समुह नेपाली काँग्रेस परित्याग गरी एमालेमा सक्रिय भएसँगै निरन्तर नेपाली काँग्रेस परित्या गर्ने क्रम बढिरहेको छ । 
    पछिल्लो समय उनै सापकोटाको अगुवाईमा नेपाली काँग्रेसका कृयाशिल सदस्य, प्रदेश सभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्वर १२ का पुर्व वडा सभापति नीरबहादुर तामाङले काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् । वडा नम्वर १२ बाट राजु थापा, इन्द्रकुमार श्रेष्ठ, नरहरी श्रेष्ठ, नुनकुमारी श्रेष्ठ, सागर तामाङ, माया तामाङ, लक्ष्मी तामाङ, बसन्त तामाङ, कृष्ण श्रेष्ठ, नवराज पुवार थापा, मनिकराज तामाङ, संगिता सुर्खेती र रामराज विक लगायत नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् भने रोजन थापा, रविन थापा, शिवकुमार श्रेष्ठ, सुमित तामाङ रास्वपा परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । 
    हरिकृष्ण श्रेष्ठ, विकास श्रेष्ठ, दिपेश घिमिर, च्यामा तामाङ, विष्णुमाया श्रेष्ठ, संचमाया तामाङ र जयराम श्रेष्ठ र जयराम श्रेष्ठ माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् । दिनेश घिमिरे, सुमन श्रेष्ठ, धनबहादुर तामाङ, कृष्ण पौडेल नेपाली काँग्रेस परित्याग गरेका छन् । पार्टी प्रवेश गराउन एमाले प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जु, नगर कमिटी अध्यक्ष विष्णु धिताल, धुलिखेल १२ का पुर्व अध्यक्ष अनन्त सत्याल, नेता प्रविण सापकोटा, वडा अध्यक्ष मोहन लामिछाने तथा पुर्व वडा अध्यक्ष हर्क तामाङ लगायतका नेताहरु सक्रिय छन् ।