बनेपा र धुलिखेल बाहेक सबै पालिकामा ऋणात्मक
मोतीराम तिमल्सिना
धुलिखेल
राष्ट्रिय जनगणनाको प्रक्षेपण अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या सन् २०५१ अर्थात् विक्रम सम्वत २१०७ मा ३ लाख ४ हजार ३ सय ९६ हुने प्रक्षेपण गरिएको छ । ३० वर्षको प्रक्षेपणमा हरेक वर्ष जनसख्ंया घट्दो दरमा रहेको उल्लखे छ । सन् २०२१ अर्थात् २०७७ साल देखि विक्रम सम्वत् २१०७ सालसम्मको जनसंख्याको प्रक्षेपण गरेको हो ।
२०२१ मा काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख ६५ हजार ९ सय ९३ रहेको जनसंख्या २०२२ मा ३ लाख ६३ हजार ६ सय ९४, २०२३ मा ३ लाख ६१ हजार ४ सय ७०, २०२४ मा ३ लाख ५९ हजार ३ सय ५१, २०२५ मा ३ लाख ५७ हजार २ सय ४१ प्रक्षेपण गरिएको छ । २०२६ मा ३ लाख ५५ हजार ७६, २०२७ मा ३ लाख ५२ हजार ७ सय ९० र २०२८ मा ३ लाख ५० हजार ७ सय ४१ प्रक्षेपण गरिएको छ । यो क्रम निरन्तर घटिरहेको छ । २०५१ मा महिला १ लाख ५८ हजार ७० र पुरुष १ लाख ४६ हजार ३ सय २६ प्रक्षेपण गरिएको छ ।
सन् २०३० सम्ममा बनेपा, धुलिखेल, पाँचखाल, पनौती धनात्मक देखिएका छन् । अन्य सबै पालिकाहरु ऋणात्मक जनसख्ंयामा देखिएका छन् । चौरीदेउराली गाउँपालिका सन् २०५१ अर्थात विक्रम सम्वत २१०७ मा उक्त पालिकाको जनसंख्या ५ हजार ३ सय ४६ मा झनै प्रक्षेपण गरिएको छ । भुम्लुमा ५ हजार ९ सय ६२, मण्डनदेउपुर नगरपालिकामा २८ हजार ७ सय ७७ जनसख्ंया हुने प्रक्षेपण गरिएको छ । त्यस्तै जिल्लाको ब्यापारी नगर बनेपामा भने सबै भन्दा धेरै जनसख्या हुने प्रक्षेपण छ । बनेपामा २०२१ अथार्त २०७७ सालमा ६८ हजार ८४ जनसंख्यामा विक्रम सम्वत २१०७ मा ८० हजार १ सय १८ जनसंख्या पुग्नेछ । धुलिखेल नगरपालिकामा पनि ३३ हजार ९ सय १८ बाट विक्रम सम्वत २१०७ सालमा ३८ हजार १ सय ११ पुग्नेछ । यो जिल्लाको सदरमुकाम भएको पालिका पनि हो ।
त्यस्तै पाँचखाल नगरपालिकामा पनि ३५ हजार ७ सय ३ बाट घटेर विक्रम सम्वत २१०७ सालमा ३४ हजार ६ सय ८२ पुग्नेछ । तेमाल गाउँपालिकामा १७ हजार ३३ जनसंख्याबाट ३० वर्ष पछि अर्थात विक्रम सम्वत २१०७ सालमा ५ हजार ३ सय ३६ जनसंख्या पुग्ने प्रक्षेपण रहेको छ । नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८७ बाट २३ हजार ५ सय २४ मा झर्ने प्रक्षेपण छ । पनौती नगरपालिकामा पनि ३० वर्ष पछिको तथ्यांकमा ऋणात्मक हुनेछ । ५१ हजार ७ सय ५७ बाट ५० हजार ७ सय ७८ मा झर्नेछ । बेथान्चोक गाउँपालिकामा १५ हजार ५२ बाट ५ हजार ८ सय ७६ जनसंख्या हुनेछ । रोशी गाउँपालिकामा २३ हजार ९ सय १६ बाट ८ हजार ७ सय २६ हुनेछ । महाभारत गाउँपालिकामा १६ हजार १ सय ८७ बाट घटेर ६ हजार ५ सय ५२ हुनेछ । खानीखोला गाउँपालिकामा १२ हजार ३ सय ४ बाट झरेर ५ हजार २ सय ४६ हुने प्रक्षेपण गरिएको छ ।
प्रजनन् क्षमता, आन्तरिक बसाईसराई, अन्तराष्ट्रिय बसाँइसराई लगायतका आधारमा जनसांख्यिक लाभांश तथा नेपालको जनसंख्याको प्रक्षेपण गरिएको हो जसमा हरेक जिल्ला, पालिका र पालिकाको वडागत प्रक्षेपण गरिएको छ ।









