2026 August 21/ 04:29: 05pm

    बनेपा/बेलर स्कुल बनेपाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम तथा अभिभावक दिवस कार्यक्रम आयोजना गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा आयोजना गरिएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमेशकुमार ढकालले बालबालिकाहरुलाई शिक्षा संँगै संस्कार सिकाउन विद्यालय महत्वपूर्ण माध्यम भएकाले विद्यालयले प्रदान गर्ने अतिरिक्त कृयाकलाप तथा शैक्षिक गतिविधि बालबाकिलाहरुका लागि थप महत्वपूर्ण हुने बताए । विद्यालय ब्यवसथापन समिति अध्यक्ष भोला थापाले बेलर एकेडेमीले समृद्ध समाज निर्माणका लागि शिक्षा तथा खेलकुद र अतिरिक्त कृयाकलापबाट बालबालिकाहरुलाई अघि बढाउने प्रयत्न गरिरहेको बताए । 
    कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खडकाले बालबाकिलाहरुको पहिलो विद्यालय घर भएकाले अभिभावकहरुले विद्यालयको भन्दा धेरै सिकाउन र विद्यालयले प्रदान गरिरहेको शिक्षालाई ब्यवहारीक रुपमा घरमा पनि सिकाउन आवश्यक रहेको बताईन् । समाज, जीवन र संर्घषका बारेमा घर र विद्यालयले सिकाउन जरुर रहेको बताउँदै प्रविधिले बालबालबालिकहरुलाई सहजतासँगै गलत कृयाकलापतर्फ अघि बढाईरहेकाले अभिभावक र विद्यालयले बालबालिकाहरुलाई अवसरसँगै निगरानी बढाउन सुझाव दिईन् । 
    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, अभिभावक एवं नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष इश्वरी ओझाले बेलर स्कुलले काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । प्रिन्सिपल इन्दु थापाले बेलर स्कुलले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि भरपुर प्रयत्न गरिरहेको बताईन् । विद्यालयले तयार गरेको वातावरण तथा विद्यार्थीहरुको मेहनतबाट जिल्ला स्तर तथा नगर स्तरीय प्रतियोगिता, अन्य गतिविधिमा समेत उत्कृष्टता कायम राख्न सहज भएको बताईन् । शिक्षक बेदप्रसाद सापकोटाले बेलर स्कुलका समग्र गतिविधिहरु तथा अभिभावक दिवसका बारेमा जानकारी गराउँदै सांस्कृतिक कार्यक्रमलाई तीन चरणमा आयोजना गरिएको बताए । 
    बेलर स्कुलले पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने तथा दोश्रो चरणमा कक्षा २ देखि ५ सम्म र तेश्रो चरणमा शिशु कक्षा देखि कक्षा १ सम्मका बालबालिकाहरुको प्रतिभा प्रस्तुत सँगै अभिभावक दिवस मनाईनेछ । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा कक्षा २ देखि १० सम्म अध्ययन गरी फिलिपिन्समा एमविविएस अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेकी विद्यार्थी स्मृति नापितलाई सम्मान गरिएको थियो ।