2026 August 21/ 06:44: 58pm

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको समृद्धीमा काठमाडौ विश्वविद्यालय र आगामी नेतृत्वको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकाय तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधत्व गर्ने ब्यक्तिहरुले काठमाडौ विश्वविद्यालय भित्र चरम विकृती रहेको उल्लेख गरे । 
    राजनीतिक नेतृत्व रिझाउन, आफन्त तथा नजिकका ब्यक्तिहरुलाई सिनेट तथा कर्मचारीका रुपमा नियुक्ति गर्न, अनुसन्धानमा भन्दा अन्यत्र रमाउन थाले पछि विश्वविद्यालय खोज्ने आउने गरेका विद्यार्थीहरुको संख्या घटेर विद्यार्थी खोज्न विश्वविद्यालय सक्रिय हुनु परेको बताए । ‘विश्वविद्यालयलाई संकट पर्दा जिल्लाका राजनीतिक दल, नेता, सांसद, मन्त्री, विद्यार्थी संघ संगठन, जनप्रतिनिधि स्थानीयहरु सबै चाहिन्छ, तर जिल्लाकै विपद तथा संकट र समृद्धीमा विश्वविद्यालय गुमनाम हुन्छ’–सरोकारवालाहरुले भने–‘जिल्लाको समृद्धीका लागि विश्वविद्यालयको आगामी नेतृत्वले ध्यान दिनु पर्छ ।’ कार्यक्रममा जिल्लाका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु तथा जिल्लाका विभिन्न क्षेत्रका अगुवा, नागरिक समाजका प्रतिनिधिहरु, शैक्षिक क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षासेवी केशव थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । 
    अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले भने–‘काठमाडौ विश्वविद्यालयले जिल्लाको समृद्धीमा सहयात्रा गर्नु आवश्यक छ ।’ अनुसन्धानमुलक शिक्षालाई स्थानीय तह तथा जिललको समृद्धीमा प्रयोग गर्न नेता बास्कोटाले अनुरोध गरे । धुलिखेल नगरपालिकाका प्रमुख तथा काठमाडौ विश्वविद्यालयका सिनेट सदस्य अशोक ब्याञ्जुले काठमाडौ विश्वविद्यालयमा विकृतिको श्रृंखला भित्र्याउन निवर्तमान उपकुलपति भोला थापाको भूमिका महत्वपूर्ण रहेको बताए । 
    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली काँग्रेसका सचिव माधव ढकाल, नेकपा माओवादी केन्द्रका संयोजक भोला अर्याल, रास्वपा सभापति प्रविण ढकाल, राप्रपा जिल्ला अध्यक्ष सहदेव भण्डारी, विभिन्न क्षेत्रका ब्यक्तिहरुले काठमाडौ विश्वविद्यालय भित्र फोहोरको डंगुर थुप्रिन थालेकाले नयाँ नियुक्ति हुने उपकुलपतिले सफाई गरी विश्वविद्यालय र काभ्रेको शाख बचाउनु पर्ने बताए । 
    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष न्यौपानेले उक्त कार्यक्रमको आयोजना गर्नुको उद्देश्य विश्वविद्यालयमा उपकुलपती या रजिस्ट्रार को हुनुपर्छ भनेर निक्र्याेल गर्न या दबाब दिन नभई जिल्लाबासीको साझा ध्येय विकास र समृद्धीका लागि एकीकृत धारणा निर्माण गर्ने रहेको बताए । काठमाडौं विश्वविद्यालयबाट काभ्रेले समृद्धिको यात्रामा के लाभ लिन सक्छ ? काठमाडौं विश्वविद्यालयलाई आम काभ्रेलीले हाम्रो हो भनेर अपनत्व लिन सकेनन् ? अबको नयाँ नेतृत्वले काभ्रेको समृद्धिको यात्रामा काठमाडौं विश्वविद्यालयको भूमिका कसरी प्रभावकारी बनाउनेछ ? काठमाडौ विश्वविद्यालयमा माघ ७ गते देखि रजिस्ट्रार प्रा.डा.अच्युत वाग्ले कामु उपकुलपति छन् । निवर्तमान उपकुलपति प्रा.डा.भोला थापाको कार्यकाल माघ ६ गते सकिएको हो । उपकुलपति छान्न गठित समितिले समयमा कार्य सम्पन्न नहुँदा नियुक्तिमा ढिलाई भईरहेको छ । शुरुमा कार्यविधिमा गरेको विभेद, त्यस लगत्तै डा.सुरेशराज शर्माले ऐन विपरित डा.भोला थापालाई कामु दिन गरिएको आवेदन, उनका आफन्तहरुले दिएको आवेदन तथा विविध कारण नियुक्तिमा ढिलाई भएको छ । यो बीचमा डा. थापाको कार्यकालमा भएका विभिन्न नियुक्ति, आर्थिक अनियमितता तथा अन्य विषय, धुलिखेल अस्पताल र विश्वविद्यालय बीचको सम्वन्ध लगायतका विषयमा चर्चा हुन थालेको छ । उपकुलपति नियुत्तिका लागि १६ जनाको आवेदन स्विकृत भईसकेको छ भने बाँकी आवेदनका लागि ७ दिनको समयसिमा दिएर पुनः आब्हान गरिएको छ ।