2026 August 22/ 07:19: 26am

बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको असार २८ गते सम्पन्न सातौ अधिबेशन तथा छटौ महिला उद्यमी भेलाबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । बनेपामा आयोजित एक कार्यक्रमका साथ निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुले पदस्थापन गरेका हुन् । 
    अध्यक्ष नितेशराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर कँडेल प्रमुख अतिथी थिए । उद्यमीहरुलाई उद्योग संचालन गर्दा आईपरेका समस्याहरुको समाधानका लागि महासंघले शशक्त आवाज उठाउँदै नीतिगत, कानूनी र ब्यवहारीक समस्या समाधानका लागि पहल गर्न जिल्ला अध्यक्ष भण्डारीले अनुरोध गरेका थिए । केन्द्रिय बरिष्ठ उपाध्यक्ष कँडेलले उद्यममैत्री नीति निर्माणमा तीन तहकै सरकारको ध्यानाकर्षण गराईएको बताएका थिए । महासचिव सन्तोष दाहालद्वारा संचालित कार्यक्रममा विशेष अतिथी संघका केन्द्रिय महासचिव डम्बरप्रसाद रेग्मि, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितिका केन्द्रिय अध्यक्ष रोशनी उपाध्याय, केन्द्रिय कोषाध्यक्ष अच्युतप्रसाद पाण्डे, काभ्रे जिल्ला इन्चार्ज पुर्णप्रसाद पाण्डे, केन्द्रिय सदस्य सिद्धिबहादुर कर्माचार्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोके, निर्वाचन कमिटीका सह संयोजक निर्मल त्रिपाठी, सदस्य कमला लामा, काभ्रे शाखा सल्लाहकार राममन्दिल श्रेष्ठ, काभ्रे शाखाका पुर्व अध्यक्ष सिद्धिबहादुर जोशी लगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रममा स्वागत मन्तब्य नव निर्वाचित महिला समितिका अध्यक्ष रेणुका श्रेष्ठले गरेकी थिईन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष निर्मला ताम्राकार बैदारले गरेकी थिईन् । कार्यक्रममा सहभागिहरुले साना उद्योगहरुको संरक्षणमा तीन तहकै सरकार उदासिन रहेको गुनासो गरेका थिए । अधिबेशनबाट घरेलु तथा साना उद्योग महासंघमा अध्यक्ष नितेश राजभण्डारी, निर्वतमान अध्यक्ष सुबासना श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रमन श्रेष्ठ, उपाध्यक्ष निर्मला ताम्राकार बैदार, महा सचिव सन्तोष दाहाल, सचिव विदेश श्रेष्ठ, कोषाध्यक्ष सुबास श्रेष्ठ रहेका छन् । सदस्यहरुमा शोभा खड्का, कान्छि थापा मगर, केशवराज त्रिपाठी, समिता श्रेष्ठ, हरिबोल थापा, सुबासचन्द्र सुनुवार, मंगललाल सुवाल, सिकेश मानन्धर, तारा भट्टराई बजगाई र इशान महानन्धर रहेका छन् । 
    त्यस्तै महिला समितिमा अध्यक्ष रेणुका श्रेष्ठ, निर्वतमान अध्यक्ष निर्मला ताम्राकार बैदार, बरिष्ठ उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव विमला श्रेष्ठ पलाञ्चोके, कोषाध्यक्ष कल्पना राजभण्डारी रहेका छन् । सदस्यहरुमा सुनिता बैद्य, नारायणदेवी सेवाचार्य, चन्द्रलक्ष्मी मानन्धर, सुमना ताम्राकार, शोभा नकर्मी, कल्पना श्रेष्ठ, निरमाया तामाङ, सरिता श्रेष्ठ भोक्षिभोया, सुर्यामाया लामा, प्रविना सेवाचार्य र मिरा श्रेष्ठ रहेका छन् ।