2026 August 22/ 07:19: 44am

    धुलिखेल/धुलिखेल नगरपालिकालाई जलबायु परिवर्तनको असरबाट पुनरुत्थान गर्ने उदेश्यले कार्बन उत्सर्जन मुक्त नगर (शुन्य कार्बन सिटी) का लागि नगरपालिकाले गरेका प्रयास तथा आगामी योजना निर्माण र नीति तथा कार्यक्रम तर्जुमा गर्ने उदेश्यले धुलिखेल नगरपालिकाले क्लिन इनर्जी नेपालको सहयोगमा कार्यशाला सम्पन्न गरेको छ । 
    नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शुन्य कार्बन सिटीका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २०७४ साल देखि लिएका नीति, कार्यक्रम, योजना तथा नगरपालिकाले निर्माण गर्नु पर्ने ऐन, कानून र आवश्यक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । जसका कारण नगरपालिकालाई अन्र्तराष्ट्रिय स्तरमा शुन्य कार्वन उत्पादन गर्ने शहरका रुपमा चिनाउन सफल भएकाले त्यसको निरन्तरता तथा आगामी दिनमा जलवायु परिवर्तनका कारण समुदाय र शहरी क्षेत्रमा परिरहेको प्रभावलाई न्युनिकरण गर्न नगरपालिकाले लिने नीति, योजना र कार्यक्रम कार्यान्वन गर्न जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरोकारवालाहरु सक्रिय हुनु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले भईरहेका अभ्यास, अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । जलवायु परिवर्तनले कृषि तथा पशुपालन क्षेत्रमा पारेको प्रभाव, शहरी क्षेत्रमा परिरहेको असर, धुलिखेल नगरपालिकाले लिएका नीति, त्यसको कार्यान्वयनमा देखिएका चुनौती र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । 
    विश्वव्यापी रूपमा जनसंख्याको ५० प्रतिशत भन्दा बढी शहरी क्षेत्रहरूमा बस्छन । शहरी बृद्धि दरका साथ नेपाल सबैभन्दा छिटो सहरीकरण हुने देश रहने प्रक्षेपण गरिएको छ । यद्यपि, शहरीकरण वृद्धिले शहरी पूर्वाधारहरूमा दबाब दिन्छ र विद्यमान समस्याहरूलाई बढाउँछ, शहरहरूलाई जलवायु परिवर्तनको प्रभावहरूको लागि अझ कमजोर बनाउँछ भन्ने अध्ययनहरुले देखाएका छन् । समुद्री सतहबाट १५५० मिटरको उचाईमा रहेको धुलिखेल नगरपालिकामा बसाइँसराइको साथ द्रुत गतिमा शहरीकरण हुँदैछ । धुलिखेल नगरपालिकाले लचिलो र न्यून कार्बनयुक्त सहर बन्ने प्रयासमा चुनौतीहरूको सामना गरिरहेको छ । नगरपालिकासँग जलवायु लचिलोपन र कम कार्बन रणनीतिहरू एकीकृत गर्ने बृहत सहरी योजनाको अभाव छ, जसले खण्डित र प्रतिक्रियाशील पूर्वाधार विकासमा निम्त्याउँछ । जलवायु अनुकूल शहरहरू तर्फ विद्यमान चुनौतीहरू छन् भन्ने तथ्यलाई सम्बोधन गर्दछ । 
    धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण र स्थानीय शासनमा केन्द्रित छ । जसले सडक निर्माण, विद्यालय तथा स्वास्थ्य सुविधा मर्मत सम्भार, कृषि आयोजना, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्थानीय सुशासनको अभिबृद्धि गर्ने योजनाहरू प्रस्तुत गरेको छ । नगरपालिका यी पहलहरूले स्थानीयहरुको जीवनस्तर सुधार गर्न प्रतिबद्ध रहेको पुष्टि गरेको छ । एक लचिलो, कम कार्बन शहरमा योगदान पु¥याउँछ । जीवाश्म इन्धन अप्रसार सन्धिस् धुलिखेल सन्धि अनुमोदन गर्ने दक्षिण एसिया र ग्लोबल साउथको पहिलो सहर हो । यसले जलवायु उत्थानशील र कम कार्बन सहरहरूप्रति शहरको प्रतिबद्धतालाई प्रमुख रूपमा प्रतिबिम्बित गर्दछ । सन्धिले जीवाश्म इन्धनको नयाँ विकासको अन्त्य गर्न, विद्यमान उत्पादनलाई १.५ डिग्री सेल्सियसको सहमत जलवायु सीमा भित्र फेज आउट गर्न र सुरक्षित र स्वस्थ जीविकोपार्जनका लागि कामदार, समुदाय र जीवाश्म ईन्धनमा निर्भर देशहरूलाई सहयोग गर्ने योजनाहरू विकास गर्न अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन गरिरहेको छ । कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरुको सहभािगता रहेको थियो ।