2026 August 24/ 11:59: 03am

बनेपा/साविकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा हालको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रे बनेपामा सेवाग्राहि विरामीहरुको लोभलाग्दो आर्कषण बढेको छ । तर चिकित्सालयमा जनशक्ति, औषधी र आवश्यक पुर्वाधारको कमी हुँदा सेवाग्राहिहरुलाई अझै पर्याप्त सेवा उपलब्ध हुन सकेको छैन । 
    ‘आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सेवा लिन आउने विरामीहरुको संख्या बढिरहेको छ’ –चिकित्सालय प्रमुख डा.बशंवदा कौण्डिन्यायनीले भनिन – ‘विरामीहरुलाई पर्याप्त सेवा उपलब्ध गराउन आयुर्वेद चिकित्सालयमा जनशक्ति र औषधी पर्याप्त हुन सकेको छैन ।’ दैनिक ६० भन्दा धेरै सेवाग्राहिहरुले सेवा लिईरहेका छन् । साउन १३ गते ६५ जनाले सेवा लिएका थिए भने साउन १४ गते ६४ जनाले सेवा लिएका छन् । साउन महिनाको १४ दिनमा ६ सय २२ जनाले सेवा लिएका छन् । पंचकर्म, पुर्वकर्म, अभ्यङ्गकर्ता, अंकुपञ्चर लगायतका सेवा उपलब्ध गराएको आयुर्वेद चिकित्सालय बनेपामा आर्थिक वर्ष २०७९÷२०८० मा १९ हजारले सेवा पाएकोमा २०८०÷०८१ मा ३० हजारले सेवा लिए । जिल्लाभरका आयुर्वेद केन्द्रहरु मार्फत अघिल्लो वर्ष २८ हजारले सेवा लिएकोमा पछिल्लो वर्ष ४३ हजारले सेवा पाएका छन् । 
    आयुर्वेदको सहि प्रयोग गरेमा ब्यक्ति स्वस्थ रहन र विरामी हुनै नदिन ब्यक्तिका रहनसहन, दैनिक दिनचर्यामा ध्यान दिनु पर्ने विषयमा चिकित्सालय मार्फत सचेतनामुलक कार्यक्रमहरु निरन्तर गरिरहेको चिकित्सालय प्रमुख डा.बशंवदा कौण्डिन्यायनीले बताईन् । आयुर्वेद चिकित्सालय बनेपाले उपचारात्मक सेवा अन्र्तगत बिरामी परीक्षण सेवा, ओपिडी, पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, अक्यूपञ्चर, फिजियोथेरापी, वर्ष भरी नै २५ किसिमका निःशुल्क औषधि वितरण, पथ्यापथ्यनिर्देश, थेराप्युटिक योग, प्रयोगशाला परीक्षण गर्दै आएको छ । प्रवर्धनात्मक सेवा अन्र्तगत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण, योगासन, प्राणायाम, ध्यान, पञ्चकर्म अन्र्तगतका स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग गराउँदै आएको चिकित्सालय प्रमुख डा.वशंवदा कौण्डिन्यायनीले बताईन् । पथ्याहार कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, नागरिक आरोग्य सेवा अभियान, नसर्ने रोगहरु आमवात जस्ता वातव्याधि, मधुमेह, उच्च रक्तचाप, दम जस्ता श्वासप्रश्वास सम्बन्धी विकार, मृगौला रोग, स्थौल्य वा मोटोपन, स्त्रीरोगहरुको उपचार गर्दै आएको छ । आयुर्वेद चिकित्सामा सेवाग्राहीहरुको चाप रहेका अम्लपित्त (ग्यास्ट्रिक), आमवात, वातव्याधि, श्वशनविकार, स्त्रीरोग, बालरोग, प्रमेहरमधुमेह, त्वकविकार (छाला रोग), वातरक्त, अर्श लगायतका रोगहरु हुन् ।