2026 August 23/ 12:17: 32pm

महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ८ निवासी तिलक आले मगरको उपचारमा उपलब्ध भएको रकम घरम पुगेर हस्तान्तरण गरिएको छ ।
    सामाजिक अभियान्ता समेत रहेका महाभारत निवासी बसन्त कुँवर लगायतको समुहले रकम तिलक आलेलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् । दुबै मृगौलामा क्यान्सर भएका कारण तिलक आले केहि महिना देखि विरामी छन् । तिलक आले मगर बचाउ अभियानले संकलन गरेको ३ लाख १७ हजार २ सय ४९ रुपैया तिलक आले मगरलाई हस्तान्तरण गरेका छन् । उक्त कोषमा नेपाल तथा विभिन्न क्षेत्रमा रहेका ब्यक्तिहरले सहयोग गरेका थिए । 
    तिलक आलको स्वास्थ्य लाभको कामना गर्न उनको घरमा एमाले अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा लगायतका नेताहरु पनि पुगेका थिए । नेकपा एमाले महाभारत गाउँकमिटीको संयोजनमा सहयोग रकम संकलन अभियान शुरु गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य बसन्त कुँवर, लेखराम सारु मगर, शान्ती तितुङ राना मगर, पालिका अध्यक्ष जगतमान मोत्तान, वडा नम्वर २ का अध्यक्ष हरि अस्तानी, वडा नम्वर ५ का अध्यक्ष बेनबहादुर तुम्सिङ मगर, राष्ट्रिय युवा संघ नेपाल महाभारत गाउँपालिका कमिटी सचिव टेकबहादुर तुम्सिङ मगर, स्वास्थ्यकर्मी एवं समाजसेवी झलकबहादुर दर्लामी लगायतको सहजीकरणमा रकम संकलन भएको थियो ।