2026 August 23/ 02:24: 11pm

धुलिखेल/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौ विश्वविद्यालय राष्ट्रिय कमिटीको दशौं सम्मेलन तथा विश्वविद्यालयको तेश्रो सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष समिक बडालले उद्घाटन गरेको सम्मेलनको अध्यक्षता संयोजक विवेक तमुले गरेका थिए । 
    अनेरास्ववियुको नेतृत्वमा मुलुकमा भएका परिवर्तन तथा विद्यार्थीहरुको हक हितका लागि भएका प्रयास तथा अनेरास्ववियुले खेल्ने भूमिकाका बारेमा बताउँदै केन्द्रिय अध्यक्ष बडालले संविधानले ब्यवस्था गरेको अनिवार्य र निशुल्क शिक्षाका लागि निरन्तर संगठन आन्दोलित रहेको बताए । कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, पुर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, बागमती प्रदेश सभाका पुर्व मन्त्री चन्द्र लामा लगायतले विद्यार्थी संगठनको अगुवा अनेरास्ववियुलाई अझै सशक्त र विद्यार्धीमुखी बनाउन संगठनका नेताहरुलाई निर्देशन दिए । 
संयोजक विवके तमुले काठमाडौ विश्वविद्यालय र मातहतका क्याम्पसहरुमा अनेरास्ववियुको अगुवाईमा भएका गतिविधिहरु, आगामी कार्ययोजना तथा विश्वविद्यालयमा विद्यार्थीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय विद्यार्थी आन्दोलनको परिस्थिती, विश्वविद्यालयको विद्यार्थी आन्दोलनको परिस्थिती, विश्वविद्यालयको राजनीतिक शक्तिसन्तुलनको अवस्था, विद्यार्थी कल्याण परिषद्को निर्वाचन, संगठनात्मक कामका प्रतिवेदन प्रस्तुत गरेका थिए । संयोजक तमुले विश्वविद्यालय भित्र संगठनका नियमित सम्मेलन आयोजनाको सवाल, विश्वविद्यालयका सम्वन्धन प्राप्त क्याम्पसमा संगठन विस्तार, समावेशी संगठन निर्माणको सवाल, विश्वविद्यालय प्रशासनको राजनीतिकरणबाट गुटकरणबाट पनि ब्यक्तिकरण भए पछिको अवस्थाका बारेमा रहेको चुनौती प्रस्तुत गरेका थिए । साथै आगामी दिनमा संगठनका तर्फबाट विश्वविद्यालयमा विभेद रहित विश्वविद्यालय निर्माण गर्न, विद्यार्थीमैत्री, महिलामैत्री, सुशासन र पारदर्शी विश्वविद्यालय प्रशासन, विश्वविद्यालयमा सर्वहारा वर्गका विद्यार्थीहरुको पहुँच विस्तार, उत्पादन र उद्यमशिलता विशेष कार्यक्रम, रचनात्मक कार्यक्रम र आन्दोलन, विश्वस्तरीय विश्वविद्यालयका लागि संगठनका योजनाहरु, रिसर्च केन्द्रको सक्रियता, उपकुलपति नियुक्ति प्रकृया, प्रधानमन्त्रीको भूमिका लगायतका विषयहरु प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा संगठनका महासचिव नरेश रोकाया, एमाले जिल्ला उप सचिव सुर्यमाया दनुवार, नेताहरु आरसि भट्टराई, अन्जना भट्टराई, श्रृजा ढकाल, सुनिता थापा, युवराज दाहाल, हेमराज हुमागाई, एमाले जिल्ला कमिटी सदस्यहरु श्यामसुन्दर चौलागाई, सुन्दर तामाङ, कान्छामान तामाङ, नगर कमिटी अध्यक्ष दयाराम महत, सचिव विष्णु धिताल, वडा अध्यक्ष गणेश  आचार्य लगायतको सहभागिता रहेको थियो । 
सम्मेलनबाट उत्सव भट्टराई अध्यक्ष र गुणराज अधिकारी सचिव पदमा सर्वसम्मत रूपमा चयन भएका छन् । केन्द्रीय क्याम्पस कमिटीमा उपाध्यक्ष रन्जन लम्साल र भारती अधिकारी, सचिव गुणराज र अधिकारी अतुल अधिकारी, सह सचिवमा शाशा सुनुवार र मासाका अर्याल, कोषाध्यक्ष आयुष दाहाल रहेका छन् । स्कुल अफ साइन्स कमिटीमा अध्यक्ष रन्जित चौलागाई, उपाध्यक्ष प्रतिक थापा र सुजन सुवेदी, सचिव रिसब बस्नेत, सहसचि बिबिशा कार्की र सरिता सापकोटा, कोषाध्यक्ष किरण दाहाल,  स्कुल अफ इन्जिनियरिङ्गमा अध्यक्ष शेखराज पुरी, उपाध्यक्ष निर्भिक भण्डारी, सचिव सम्राट पाण्डे, सह सचिव सक्षम लुईटेल, सह सचिव करूणा खनाल, कोषाध्यक्ष आदित्य हरि अधिकारी रहेका छन् । स्कुल अफ ल कमिटीमा अध्यक्ष निश्चल आचार्य, सचिव शिशिर सापकोटा र सदस्यहरुमा जिविका घिमिरे, दिपिका राउत, स्मारिका पुरी, आकृति सापकोटा, अभिनाश पौडेल, अस्तित्व पराजुली रहेका छन् ।