धुलिखेल/वडाबासिहरुको हितका लागि निर्माण शुरु गरिएको वडा कार्यालय भवन निर्माण रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । उच्च अदालतको आदेशसँगै भवन निर्माण कार्यले तिब्रता पाउने वडा अध्यक्ष गणेश आचार्यले बताएका छन् ।
‘२०८१ असार ३१ गते उच्च अदालत पाटनमा धुलिखेल नगरपालिका भित्रकै सामुदायिक विद्यालयमा शिक्षक समेत रहेका दामोदर गौतमले नगरपालिका प्रमुख अशोक ब्याञ्जु सहित ७ जना विरुद्ध उत्प्रेषण सम्वन्धि मुद्दा दर्ता गरेका थिए’–वडा अध्यक्ष आचार्यले भने–‘उक्त मुद्दाका सन्र्दभमा साउन ९ गते बुधबार उच्च अदालत पाटनको इजलाश नम्वर ९ मा न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले अन्तरिक आदेश जारी नहुने ठहर गरेको हो ।’ २०७४ साल देखि नै वडा कार्यालय भाडाको घरमा संचालन हुँदै आएको छ । दैनिक वडा कार्यालयले दिने सेवा बढिरहेको, सेवाग्राहिको चाप थपिएको तर सेवा दिने स्थान अभाव हुँदा सेवाग्राहि र सेवाप्रदायक दुबैलाई असहज भएको अवस्थामा नगरपालिकाले नगर क्षेत्र भित्र रहेको विद्यालयका नाममा रहेको जमिनलाई वडा कार्यालयको भवन निर्माण गर्ने र विद्यालयलाई आवश्यक पर्दा सोहि भवन समेत प्रयोग गर्न सकिने गरी बहुउपयोगका लागि आवश्यक प्रकृया शुरु गरेको थियो । सोहि निर्णय विरुद्ध दामोदर गौतम वडा कार्यालयको भवन निर्माण रोक लगाउन माग गर्दै अदालत पुगेका थिए ।
‘धुलिखेल नगरपालिका वडा नम्वर ३ का वडावासीको सुविधालाई ध्यानमा राखि धुलिखेल नगरपालिका मार्फत टेन्डर प्रकृया भई पन्चकन्या आधारभूत बिद्ययालयको जमिन, जुन जमिन हेल्फ नेपाल नेटवर्क संस्थाले प्रयोग गर्दै आएको थियो । बिद्ययालयलाई कुनै पनि बाधा ब्यवधान नपर्ने गरि बिद्ययालय परिसर भन्दा बिल्कुल बाहिर बिद्ययालय ब्यस्थापन समिति संँग अनुरोध गरि, अनुमति लिई वडा समितिबाट निर्णय गरि नगरकार्यपालिकाबाट समेत आवश्यक निर्णय गरि टोल टोलमा वडावासिहरु संँग छलफल गरि बिद्ययालयलाई अवश्यकता हुँदा बिद्ययालयलाई नै हस्तान्तरण गर्ने गरि पुरै वडावासिलाई पायक पर्ने स्थान वडाको केन्द्र भागमा निर्माण गर्ने निर्णय अनुसार वडा कार्यालय भवन निर्माण शुरु गरेका थियौं’–वडा अध्यक्ष आचार्यले भने–‘वडा कार्यालय बन्नु हुँदैन, रोक्का राख्नु पर्छ भन्ने दुशित मानसिकताबाट ग्रसित, जो हिजो बिद्ययालयमा रहँदा पनि बिद्ययालयलाई तहशनहश पार्न लागि परेका, शिक्षकहरुको बिचमा गुटबन्दी गरेर बिद्ययालयको वातावरणमा खलल पु¥याउने ब्यत्तिले उच्च अदालत पाटनमा धुलिखेल नगर प्रमुख, ३ नम्वर वडा अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय, वडा कार्यालय समेतको बिरुद्धमा रिट दायर गरेका थिए । रिट निवेदन उपर उच्च अदालत पाटनबाट निर्माण कार्य रोक्का राख्न नपर्ने अदेश भएको छ ।’ भवन निर्माणले अब गति लिने अध्यक्ष आचार्यले बताए । रिट दर्ता गर्ने शिक्षक गौतम पहिले सोहि विद्यालयमा कार्यरत थिए ।









