धुलिखेल/बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लाका लागि विनियोजन गरेको चालु र पुँजीगत खर्च अन्र्तगतको ६ अर्ब ७२ करोड २० लाख ९८ हजार ७ सय ६३ रुपैयाँ मध्ये ५ अर्ब ५१ करोड ३० लाख ९७ हजार ३ सय ८६ रुपैयाँ खर्च भई १ अर्ब २० करोड ९० लाख १ हजार ३ सय ७७ रुपैयाँ फ्रिज भएको छ । संघतर्फ विनियोजन भएको बजेट अझै केहि दिन खर्च गर्न मिल्ने ब्यवस्था छ भने स्थानीय तहहरुले आन्तरिक आम्दानीको भुक्तानी अझै केहि दिन गर्नेछन् ।
चालुतर्फ १ अर्ब ७५ करोड २३ लाख ८८ हजार ३ सय ५० रुपैयाँ मध्ये १ अर्ब ५० करोड १२ लाख ३४ हजार ६स् य ४६ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फको ४ अर्ब ९६ करोड ९७ लाख १० हजार ४ सय १३ रुपैयाँ मध्ये ४ अर्ब १ करोड १८ लाख ६२ हजार ७ सय ९६ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्रै चालुतर्फ २४ करोड ७४ लाख ७० हजार ४ सय ७५ रुपैयाँ चालुतर्फ खर्च भयो भने पुँजीगत तर्फ १ अर्ब २८ करोड ३२ लाख ८४ हजार ६ सय ८ रुपैयाँ खर्च भयो । दुबैतर्फ गरी असार १ देखि २४ गतेसम्म १ अर्ब ५३ करोड ७ लाख ५५ हजार ८३ रुपैयाँ भुक्तानी भएको छ । असार २४ गते एक दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयले ३३ करोड ४६ लाख ७ हजार १ सय ११ रुपैया भुक्तानी गरेको छ ।
प्रदेश अन्र्तगत रहेका कार्यालय मध्ये सबैभन्दा कान्छो कार्यालय यातायात ब्यवस्था कार्यालय हो । उक्त कार्यालयले पनि चालु र पुँजीगततर्फ गरी ५५ लाख ६ हजार ६ सय ३९ रुपैयाँ खर्च गरेको छ । २५ वटा प्रदेश सरकारका कार्यालय र नमोबुद्ध नगरपालिकालाई पुँजीगत तर्फ २४ लाख ७५ हजार ५ सय ६ रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाले उक्त रकम सबै खर्च गरेको छ । जनस्वास्थ्य प्रयोगशाला, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय, मेथिन्कोट अस्पताल, शिक्षा तालिम केन्द्र, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, पनौती प्राविधिक शिक्षालय, सार्वजनिक निर्माण कार्यान्वन इकाई, शहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, मसलाबाली विकास केन्द्र, नापी कार्यालय, मालपोत कार्यालय, प्रदेश लेखा इकाई कार्यालय र जिल्ला समन्वय समितिले बजेट प्राप्त गरेका छन् । तिमध्ये जिल्ला प्रशासन कार्यालयले प्राप्त गरेको २ लाख बजेट खर्च गरेन ।
असार २३ गते आईतबार काभ्रेपलाञ्चोक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ र प्रदेश तर्फका दुबै कार्यालयलाई ५३ करोड ६० लाख ९२ हजार २ सय २ रुपैयाँ भुक्तानी भएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा संघ र प्रदेश तर्फ आर्थिक वर्ष २०८०÷२०८१ को असार २३ सम्म कुल बजेटको १६ अर्ब ५५ करोड ७० लाख ७६ हजार ८ सय ४६ रुपैयाँ खर्च भएको थियो । संघतर्फ ११ अर्ब ३७ करोड ५८ लाख २ हजार ५ सय ७६ रुपैयाँ र प्रदेश तर्फको ५ अर्ब १८ करोड १२ लाख ७४ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो । संघको चालु तर्फ ९ अर्ब ३९ करोड ६२ लाख ६० हजार ७ सय ४७ रुपैयाँ तथा पुँजीगततर्फ १ अर्ब ९७ करोड ९५ लाख ४१ हजार ८ सय २९ रुपैयाँ खर्च भएको छ । असार महिनाको २३ गतेसम्म चालु तर्फ ६९ करोड ५९ लाख १७ हजार २ सय ३२ र पुँजीगत तर्फ ३४ करोड ३५ लाख ५७ हजार ३ सय ९४ रुपैयाँ खर्च भएको छ । असार एक महिनामा १ अर्ब ३ करोड ९४ लाख ७४ हजार ६ सय २६ रुपैयाँ खर्च भएको छ । असार २३ गते चालुतर्फ १ करोड २६ लाख ४४ हजार २ सय ३१ रुपैयाँ र पुँजीगत तर्फ २२ करोड ६२ लाख १९ हजार १ सय ७५ रुपैयाँ गरी २३ करोड ८८ लाख ६३ हजार ४ सय ६ रुपैयाँ खर्च भएको छ ।
प्रदेश तर्फ चालु १ अर्ब ४७ करोड १५ लाख ९३ हजार ७ सय ३० रुपैयाँ तथा पुँजीगततर्फ ३ अर्ब ७० करोड ९६ लाख ८० हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ । असार महिनाको २३ गतेसम्म चालुतर्फ २१ करोड ६९ लाख ३७ हजार ७ सय ७७ र पुँजीगत तर्फ ९७ करोड ९२ लाख १० हजार १ सय ९५ रुपैया खर्च भएको छ । असार एक महिनामा १अर्ब १९ करोड ६१ लाख ४७ हजार ९ सय ७२ रुपैया खर्च भएको छ । असार २३ गते चालु तर्फ ३ करोड २१ लाख ९१ हजार ८ सय ३० रुपैया र पुँजीगत तर्फ २६ करोड ५० लाख ३६ हजार ९ सय ६६ रुपैयाँ गरी २९ करोड ७२ लाख २८ हजार ७ सय ९६ रुपैयाँ खर्च भएको छ । असार २१ गते शुक्रबार साँझसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयको तर्फबाट संघ र प्रदेश अन्र्तगतका कार्यालयहरु अर्थात केहि स्थानीय तहमा समेत गरी १४ करोड १० लाख ९३ हजार ८ सय ९३ रुपैयाँ खर्च भुक्तानी गरेको थियो । विहीबार अर्थात असार २० गते १६ करोड ८० लाख २२ हजार खर्च भुक्तानी भएको थियो । विहीबारको तुलनामा शुक्रबार २ करोड भन्दा धेरैले कम भुक्तानी भएको थियो । असार २१ गतेसम्म कुल बजेटको १६ अर्ब २ करोड १७ लाख ५१ हजार ९ सय २८ रुपैयाँ खर्च भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चतुर्भुज तिमल्सिनाले खर्च भई कागजात सबै आएका चेकहरुको धमाधम भुक्तानी भईरहेको जानकारी दिए । संघ अन्र्तगतका ५१ वटा र प्रदेश अन्र्तगतका २५ वटा कार्यालय र स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता, अनुदान लगायतका खर्चहरु समेत कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने गरेको छ । चालु आर्थिक वर्षका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहको आम्दानी र खर्च बाहेक संघ र प्रदेश सरकारको तर्फबाट चालु र पुँजीगत तर्फ १८ अर्ब ८१ करोड ९ लाख ५६ हजार २ सय ३२ रुपैयाँ विनियोजन भएको थियो । संघतर्फ १२ अर्ब २७ करोड ६० लाख ५७ हजार ३ सय २० रुपैयाँ र प्रदेश तर्फ ६ अर्ब ७२ करोड २० लाख ९८ हजार ७ सय ६३ रुपैयाँ विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले जानकारी दिए ।
२०८१ असार २४ गते सम्म संघतर्फ २४ वटा कार्यालयले ३ अर्ब ३४ करोड ७१ लाख १३ हजार ३ सय ९२ रुपैयाँ राजश्व संकलन गरी पठाएका छन् भने प्रदेशतर्फ १९ वटा कार्यालयले ३ अर्ब ३३ करोड ८५ लाख ७२ हजार २ सय ४२ रुपैयाँ राजश्व संकलन गरेका छन् । दुबै तर्फको कुल राजश्व ३ अर्ब ६८ करोड ५६ लाख ८५ हजार ६ सय ३४ रुपैयाँ संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । असार मसान्तसम्म उक्त रकम अझै धेरै संकलन हुनेछ । संघतर्फ आन्तरिक राजश्व कार्यालय धुलिखेलले ३ अर्ब ८ करोड ५९ लाख ८५ हजार १ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको छ । सबै भन्दा कम संघीय प्रहरी इकाई कार्यालयले ५ सय रुपैया संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ९ करोड ५० लाख ६३ हजार ५ सय ३० रुपैयाँ संकलन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धुलिखेलले ८ करोड ७३ लाख २३ हजार ५ सय ९६ रुपैयाँ संकलन गरेको छ । जिल्ला अदालतले १ करोड ८१ लाख ८१ हजार ९ सय ७५ रुपैया संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड ४४ लाख १ हजार ५ सय ५ रुपैयाँ संकलन गरेको छ । सूर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाले १ करोड २२ लाख ७० हजार ३ सय ९८ रुपैया संकलन गरेको छ । शिक्षा विकास समन्वय इकाई कार्यालयले ९१ लाख ५१ हजार ५ सय ५० रुपैया संकलन गरेको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले ७३ लाख ५७ हजार ९ सय २४ रुपैया संकलन गरेको छ ।
प्रदेश तर्फका कार्यालयहरु मध्ये मालपोत कार्यालय काभ्रेले २४ करोड ९९ लाख ७९ हजार ३ सय ५६ रुपैया संकलन गरेको छ । मालपोत कार्यालयले संकलन गरेको राजश्वको ६० प्रतिशत स्थानीय तहमा जाने गरेको छ । प्रदेश लेखा इकाई कार्यालयले ३ करोड १ लाख ७ हजार ९ सय ५१ रुपैयाँ संकलन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले २ करोड ३ लाख ४० हजार ३ सय ५० संकलन गरेको छ । विगत वर्ष भन्दा राजश्व संकलनमा कमी भएको कार्यालयहरुले जानकारी दिएका छन् ।









