2026 August 23/ 12:18: 21pm

लक्ष्मण तिमल्सिना
बनेपा

    नेकपा एमाले काभ्रेले १३ आंै जिल्ला अधिबेशनमा दुईवटा आर्थिक वर्षको आम्दानी खर्च तथा आगामी वर्षका लागि प्रस्तावित बजेट प्रस्तुत गरेको छ । सम्पत्ति धेरै भए पनि ऋणमा रहेको एमाले काभ्रेले भर्खरै सम्पन्न अधिवेशनको आम्दानी खर्च भने अझै निकालेको छैन । 
    राजनीतिक दलहरुको आम्दानी र खर्चको पारदर्शिताको प्रश्न कार्यकर्ता र नागरिकहरुले उठाई रहेका बेला एमालेले देशभरका कमिटीहरुको केन्द्रीय लेखा आयोगबाट खटिएको टोली मार्फत लेखापरीक्षण गराउने गरेको छ । जिल्लामा पनि लेखा समिति निर्वाचित भए लगत्तै लेखा ब्यवस्थित गर्ने, आम्दानी र खर्चलाई पारदर्शी बनाउने लगायतका कार्यमा एमालेले ब्यवस्थित पार्टीका रुपमा चिनाएको छ । अन्य राजनीतिक दलहरुले भने हालसम्म आम्दानी खर्च सार्वजनिक गरेका छैनन् । नेकपा एमाले काभ्रेले २०८० चैत्र मसान्तसम्म १३ हजार ३ सय १० जना सदस्यहरुको अद्यावधिक गरेको छ । नविकरणका लागि २०८१ को अवधी शुरु भए पनि अधिबेशनका कारण एमालेले प्राथमिकतामा राखेको छैन । आर्थिक वर्ष २०७८÷०७९, २०७९÷०८० केन्द्रीय लेखा आयोगले गरेको लेखापरीक्षण प्रतिवेदनमा पार्टी भवनको बीमा गर्न, जिल्ला कमिटी मार्फत पालिका कमिटीहरुको पनि लेखापरीक्षण गराउन, पार्टीको लेखा हेर्ने गरी कर्मचारीको ब्यवस्थापन गर्न सुझाव दिएको छ । विद्यानत लेखा समिति निर्वाचित हुने ब्यवस्था छ । लेखापरीक्षण प्रतिवेदनमा कमिटीका पदाधिकारी र सदस्यहरुको अनिवार्य रुपमा लेवि तोकि तोकिएका लेवि र तोकिएको जनप्रतिनिधि लेवि, राजनीतिक नियुक्ति लेवि तथा दायित्व समयमा नै असुल गर्न निर्देशन दिएको छ । 
    २०७८÷०७९ मा बार्षिक आय १ करोड २ लाख ८९ हजार ३३ रुपैयाँ आम्दानी गरेको १ करोड ११ लाख ९६ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ । ९ लाख ७ हजार ९ सय १४ घाटा भएको छ । त्यस्तै २०७९÷०८० मा १९ लाख ४२ हजार ९ सय ४६ रुपैया आम्दानी गरेको छ । १७ लाख २५ हजार ३ सय ५ रुपैयाँ खर्च भएको छ । २ लाख १७ हजार ६४ रुपैयाँ बचत भएको छ । केन्द्रीय कोषको हिसाब ७ लाख ३९ हजार ५ सय ९६ रुपैयाँ बुझाउन बाँकी भए पनि जिल्लाको हिसाबमा भुक्तानी दिन बाँकी देखिएको छैन । मातहत कमिटीबाट ६ लाख ४२ हजार ४ सय १ रुपैयाँ असुल गर्न बाँकी छ । २०८० आषाढ मसान्तसम्म बैकमा ४ लाख ४ हजार ३ सय ४ रुपैयाँ मौज्दात भएको छ । स्थिर सम्पत्ति रकम २ करोड ५१ लाख ८ हजार ६ सय र बचात कोषको रकम २ करोड ५५ लाख १३ हजार रहेको छ । २०८०÷०८१ को साउन देखि २०८१ जेठ १५ सम्म ५५ लाख ५८ हजार ७ सय २२ रुपैयाँ आम्दानी गरेको छ । यो अवधीमा ६७ लाख २८ हजार ४ सय ५७ रुपैयाँ खर्च भएको छ ।  चिवा भन्ज्याङ राष्ट्रिय अभियानमा ११ लाख खर्च भएको छ । ६९ हजार ७ सय ३५ रुपैयाँ तिर्न बाँकी छ । २०८१÷०८२ का लागि ६७ लाख ७५ हजारको आम्दानी र ५३ लाख ८० हजार खर्च प्रस्ताव गरिएको छ । यस वर्ष १३ लाख ९५ हजार बचत भयो भने २४ लाख १८ हजार ६ सय ७६ रुपैयाँ तिर्न बाँकी रहनेछ । त्यसो हुँदा १० लाख २३ हजार ६ सय ७६ रुपैया घाटा हुनेछ । केन्द्रीय लेखा आयोग सदस्य रामेश्वर श्रेष्ठ, शान्ति माया तामाङ पाख्रिन, मिनराज कँडेलले लेखापरीक्षण गरेका हुन् । आगामी आर्थिक वर्षका लागि निर्वतमान उपाध्यक्ष एवं वित्त तथा कोष ब्यवस्थापन विभाग प्रमुख चन्द्र लामाले बजेट प्रस्ताव गरेका हुन् । १० औ जिल्ला अधिबेशनमा काभ्रेका राजनीतिक दलहरुको इतिहासमा पहिलो र भब्य थियो । २५ हजार भन्दा धेरै सर्वसाधारण सहभागी भएको कार्यक्रम ब्यवस्थित थियो । ११ औ अधिबेशनको आम्दानी खर्च आउँदो वर्ष लेखापरीक्षण हुनेछ । अधिबेशनबाट राजन भुर्तेलको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।  अन्य राजनीतिक दलहरुले भने हालसम्म लेखापरिक्षण गरेर पार्टीको आम्दानी खर्च सार्वजनिक गरेका छैनन् । एमालेले सबै कारोवार बैकिङ्ग प्रणालीबाट मात्रै गर्ने गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सपथसँगै शुरु भयो जिम्मेवारी 
    नेकपा एमाले काभ्रे जिल्ला कमिटीको ११ औं अधिबेशनबाट निर्वाचितहरुले असार १० गते सोमबार सपथ ग्रहण गराईएको छ । नेकपा एमाले केन्द्रिय कमिटीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सपथ ग्रहण गराईएको हो । सपथ ग्रहण कार्यक्रममा स्थायी कमिटी सदस्यहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रिय कमिटी, प्रदेश कमिटी लगायतका कमिटीका नेताहरुको सहभागिता रहेको थियो । 
    १० आंै जिल्ला अधिबेशनबाट निर्वाचित अध्यक्ष अशोक ब्याञ्जुका अनुसार निर्वाचित अध्यक्ष सहितका पदाधिकारी र जिल्ला कमिटीका सदस्यहरु, लेखा समितिका पदाधिकारीहरुलाई सपथ गराईएको बताए । २०८१ जेठ २८ देखि ३० गतेसम्म आयोजना गरिएको अधिबेशनबाट राजन भुर्तेल अध्यक्ष, देवसागर लामा उपाध्यक्ष, राजकुमार सापकोटा सचिव, सुर्यमाया दनुवार र रत्नकुश रञ्जित उप–सचिव पदमा विजयी भएका थिए । १०५ सदस्यीय जिल्ला कमिटीका लागि ४४ पदमा मात्रै निर्वाचन भएको थियो । बाँकी पदमा सर्वसम्मत भएको थियो । लेखा समितिमा अध्यक्ष सत्यनारायण सापकोटा निर्विरोध भएका थिए ।