2026 August 22/ 09:22: 33am

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस कार्यक्रम सम्पन्न भएको छ । रोडरेस प्रतियोगितामा बिजेश्वरी ज्ञानमन्दिर सैनिक मा.वि.बाट छात्रा आईस्मा आचार्य र छात्रतर्फ काभ्रे माध्यमिक विद्यालयका आसिक थापा प्रथम, कलंकी मोडल नैकापका अनुज महत छात्र र पद्मकन्या मा.वि. कलंकीबाट अमृता बलामी द्धितीय, श्रीकृष्ण मा.वि. भक्तपुरका नवराज मैनाली छात्र र जेसिस मा.वि. भक्तपुरबाट क्याथ्रिन बासुकला तेस्रो भएका थिए ।
    पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष  एवं  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले संयुक्त रुपमा उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु गरिएको  थियो । सो रेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो । दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्कबाट सुरु भई बनेपा ज्ञानकुञ्ज सम्म भएको थियो । प्रतियोगिता सम्पन्न पछि सहभागिहरुलाई प्रमाणपत्र साथै पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण कार्याक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख बसुन्धरा खड्काले गरेकी थिईन् । कार्यक्रमको सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष  एवं  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैधले गरेका थिए । 
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार तथा मेडल, प्रमाणपत्र दोस्रो २० हजार र मेडल, प्रमाणपत्र  र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा  प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्य, सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरी, विद्यालय संचालक आत्माराम थापा, विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिकास तामाङ, ए.पि.एफका खेल संयोजक बिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सही मार्गमा हिडाउन र खेलकुद  मार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको जनाएको छ  । कार्यक्रममा २०० सय जना भन्दा बढी विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा काठमाण्डौ,भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए ।