विकास तिमल्सिना
पनौती
मानेश्वरी ब्वाईज क्लवको आयोजनामा पनौतीको क्षेत्रिय रंगशालामा आयोजित काभ्रे जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको भालेश्वर मावि र इन्द्रेश्वर माविले प्राप्त गरेको छ ।
शनिबार आयोजित फाईनल खेलमा छात्र तर्फ भालेश्वरले सिद्धार्थ बनस्थलीलाई पराजित गरी उपाधी हात पारेको हो भने छात्रा तर्फ बालप्रकाश माविलाई पराजय गर्दै इन्द्रेश्वरले उपाधी हात पारेको हो । विजयी टिमलाई नगर प्रमुख रामशरण भण्डारी लगायतका ब्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए । पनौती क्षेत्रमा फुटबल खेलको स्तर बृद्धि गर्ने उद्देश्यले एक साता अघि देखि उक्त प्रतियोगिता आयोजना गरिएको थियो । पनौती नगरपालिकाको मुल प्रायोजनमा शुरु भएको प्रतियोगिताको शुभारम्भ पनि नगर प्रमुख रामशरण भण्डारीले गरेका थिए ।
प्रतियोगितामा छात्र तर्फ १५ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो । विद्यालय स्तरीय प्रतियोगितामा विजयी हुने टिमले छात्रतर्फ २० हजार र दोश्रो हुनेले १० हजार नगद सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । छात्रतर्फ १० हजार र ५ हजार प्राप्त गरेका थिए । प्रतियोगिताको समापनमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
फुटबल क्षेत्रको विकास गर्न तथा खेलाडीहरु उत्पादन गर्न नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने नगर प्रमुख केसी उनले बताए । समापन कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष संस्थाका कार्यवाहक अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, भालेश्वर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अभिभावकहरु, जनप्रतिनिधीहरु, एन्फाका केन्द्रिय सदस्य विकासनारायण श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष निरोज श्रेष्ठ, खेल प्रायोजक संस्था तथा कम्पनीका संचालकहरु, खेल संयोजक सुरेन्द्र भुजु, रामकृष्ण श्रेष्ठ, महिला अध्यक्ष कविता थापा श्रेष्ठ लगायतको सहभगिता रहेको थियो । प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताको मुल प्रायोजक पनौती नगरपालिकाले गरेको थियो भने प्रायोजक एम के हार्डवेयर एण्ड सप्लायर्स, सह–प्रायोजक डल्स गोर्खा फाउण्डेशनले गरेका थिए भने मिडिया पार्टनरका रुपमा मदानी विट डटकम रहेको थियो । मेडिकल पार्टनरका रुपमा पनौतीको मानेश्वरी पोलिक्लिनिक प्राली रहेको थियो । खेल अवधीभर क्लिनिकका तर्फबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । स्थानीय मिडिया पार्टनरका रुपमा हाम्रो पनौती, राम्रो पनौती, पनौती सेरोफेरो र इनर्जी ड्रिन्क पार्टनर कि वियु इनर्जी ड्रिन्क रहेका थिए ।









