2026 August 22/ 04:26: 50pm

बनेपा/बनेपा भलिबल प्रशिक्षण केन्द्रको आयोजना, बनेपा नगरपालिकाको आर्थिक सहयोग र काभ्रे जिल्ला भलिबल सघंको सहकार्यमा आयोजित प्रथम बनेपा उप मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी बनेपा ए समुहले प्राप्त गरेको छ । 
    नमोबुद्ध नगरपालिका स्थित दाप्चा माविको समुहलाई सोझो तीन सेटमा हराउँदै बनेपा ए समुहले उपाधी हात पारेको हो । प्रथम हुने समुहले नगद ५० हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता दाप्चा स्थित कृष्ण मावि समुहले नगद २५ हजार प्राप्त ग¥यो । तेश्रो स्थानका लागि भएको खेलमा धुलिखेल विजयी भई १५ हजार रुपैया प्राप्त ग¥यो । धुलिखेलले पनौती समुहलाई पराजित गरेको हो । बनेपाका दुई समुह, पनौती, धुलिखेल, मण्डनदेउपुर, दाप्चा कृष्ण मावि सहित ६ समुह प्रतिस्पर्धामा सहभागि थिए । 
    प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेपा समुहबाट अस्मिता मगर, उत्कृष्ट सटर कृष्ण माविकी अनिता श्रेष्ठ, उत्कृष्ट लिप्टर बनेपाकी जुनु मगर, उत्कृष्ट डिफेन्सर पनौतीकी संस्कृती थापा र उत्कृष्ट सर्भर धुलिखेलकी पार्वती परियार घोषित भए । उनिहरुलाई पुरस्कृत गरिएको थियो । नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, समाजसेवी रत्नकुश रञ्जित लगायतले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
    बनेपामा मेयर कप फुटबल, कराँतेका विभिन्न खेलहरु भए पनि उपमेयर कप महिला भलिबल खेल पहिलो पटक भएको हो । बनेपा नगरले नयाँ शुरुवात गरेको भन्दै नगर प्रमुख शाक्यले सबै क्षेत्रलाई समेटी नगरमा रहेको सम्पुर्ण खेलहरुलाई सम्मान गर्ने बताए । उप प्रमुख विमला सापकोटाले भलिबल प्रतियोगिताले हरेक क्षेत्रमा महिलाहरुले सशक्त रुपमा आफ्नो क्षमता प्रर्दशन गर्न सक्छन् भन्ने उदाहरण भलिबलको प्रतिस्पर्धामा सहभागी भएबाट पनि थप पुष्टि हुने बताईन् । जिल्लामा महिला खेलाडीहरु अत्यन्तै कम भएकाले नगरपालिकाको संयोजनमा गत बर्ष देखी महिला दिदिबहिनीहरुलाई भलिबल प्रशिक्षण शुरु गरिएको उनले बताईन् । 
    कार्यक्रम बनेपा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष प्रज्ञा नकर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रका सचिव विक्रम प्रजापतिले प्रतियोगितामा सहभागिहरुलाई प्रमाणपत्र तथा पुरस्कार र प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । कार्यक्रम प्रशिक्षण केन्द्रका उपाध्यक्ष भवानी जोशीले संचालन गरेका थिए ।