– जेठ २८ –३० धुलिखेलमा
– जेठ १८ र १९ गते प्रतिनिधी चुनिदै
– ७ सय प्रतिनिधी सहभागि हुँदै
बनेपा/नेकपा एमाले काभ्रेपलाञ्चोकको ११ औ जिल्ला अधिबेशन आगामी २०८१ जेठ २८–३० सम्म धुलिखेलमा हुने भएको छ । अधिबेशनको भब्य तयारी शुरु गरिएको छ ।
अधिबेशनको उद्घाटन एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । १० औ अधिबेशन धुलिखेलमा सम्पन्न भएको थियो । सोहि अधिबेशन कार्यकर्ता तथा नागरिकहरुको सहभागिताका हिसवाले एमालेको इतिहासमा पहिलो थियो । अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष ओलीले नै गरेका थिए । अधिबेशनको घोषणासँगै एमाले काभ्रेका नेताहरुलाई चुनावी सरगर्मीले छोएको छ । नेतृत्वका आकांक्षीहरु कार्यकर्ता भेटघाटमा ब्यस्त हुन थालेका छन् ।
जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेले बताएको छ । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोक जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिबेशनको निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । जिल्ला कमिटीका अध्यक्ष अशोक व्याञ्जूको अध्यक्षतामा बनेपामा सम्पन्न बैठकमा पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा, विशेष अतिथी पार्टी पोलिटव्यूरो सदस्य तथा काभ्रेपलाञ्चोक इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा १ नं क्षेत्रीय इन्चार्ज नविना लामा, केन्द्रीय सदस्य तथा २ नं. क्षेत्रीय इन्चार्ज कपिलदेब पोखरेल, पार्टी प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतको सहभागिता रहेको थियो ।
अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायहरुबाट करिव सात सय प्रतिनिधिको सहभागिता रहने एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए । प्रतिनिधिहरुको छनौट २०८१ जेठ १८ र १९ गते हुनेछ । अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गर्नेछ ।









