2026 August 17/ 07:56: 21am

    पनौती/जिल्लाकै उत्कृष्ट विद्यालय काभ्रे ईङ्गलिस माध्यमिक विद्यालयको २० औ वार्षिको उत्सब पदक तथा पुरस्कार वितरण समारोह कार्यक्रम पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै न्यौपानेले निजि विद्यालयहरुले पनि अब सामुदायीक विद्यालयलाई पनि अभिभावकको भुमिका निर्वाह गरी सहयोग गर्नु पर्ने बताए । शिक्षामा समान गर्न पनि निजिले सामुदायीकलाई सँगै लानु पर्ने वताए । सामुदायीकमा सेवा सुविधा वढि भए पनि शैक्षिक स्तर उकास्न नसकेकोमा केही कमीकमजोरी सबै क्षेत्रको भएको बताए । कार्यक्रममा विद्यालयको वार्षिक गतिविधी विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले पेश गरेका थिए । शैक्षिक सत्र २०७५ मा विद्यालयमा ९ सय जना विद्यार्थी अध्ययन गरीरहेका, विद्यालयले आफ्नै भवन बनाउन लागीरहेको, आगामि शैक्षिक सत्र बाट ब्यबस्थापन संकायमा क्याम्पसको स्थापना गर्न लागीएको, शिक्षाको स्तर उकास्न शिक्षक शिक्षीकाहरुलाई तालिम प्रदान, बिज्ञान प्रर्दशनी तथा अतिरिक्त क्रियाकलापलाई थप गर्दे लैजाने लगाएतका गतिविधि पेश गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सहायक प्रिन्सिपल शन्तकुमार श्रेष्ठले राखेका थिए । कार्यक्रममा पनौती नगरपालिका वडां ४ का वडा अध्यक्ष बुद्धसिं थापा, शिक्षा शाखा प्रमुख महेश्वर जगंम, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, सञ्चालक सदस्य शान्तिराज कायस्थ, अभिभाबक डोलेश्वर सापकोटा, भुतपुर्व विद्यार्थी सुमन भण्डारी, कक्षा १० मा अध्यनरत निरुता केसी लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्ले ग्रुप देखी कक्षा १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेतको आयोजना गरेका थिए । कार्यक्रम ब्यबस्थापन समिति अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न भएको थियो ।