2024 May 09/ 01:13: 32am

माया भन्ने चिज यस्तै हो.....। माया । पिरती । धोका । कसरी ब्याख्या गरौं । आजकालको माया अचम्मको छ । मोबाईल । प्रविधि । सामाजिक सञ्जाल । त्यसले पारेको प्रभाव । माया भन्ने चिज कस्तो कस्तो ? कसैले भन्छन्, जति टाढा भयो उति गाढा हुन्छ माया । कसैले भन्छन्, टाढाको माया घाम छाँया । कोही अन्जानमा आफ्नो भैदिन्छन् त कोही चिनजानमा । मायाको रुप एक होइन, अनेक हुन्छन । अनि, पाउन जो कोही तल्लीन हुन्छन् । जस्को मिठो यादले दैनिकी अघि बढाउँछन मानिस । मायामा अडेको मानिसको जीवन । यो भनाईको तात्पर्य स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ । तर अहिले त मायासँगै आफ्ना हरेक सम्बन्ध जोगाउन धन सम्पत्ति नै चाहिन्छ । अनि स्वदेशको रोजगार नामको मात्रै । बचत गर्न त परकै कुरा दैनिकी धान्न नै धौ–धौ ।
    मेरो पनि जीवनले अलि–अलि वास्तविक कुरा थाहा पाउँदै थियो, उहाँसँगको भेट पछि । समयले भन्दा पनि हामीलाई कल्पनाको जिम्मेवारीले सोच विचार बलियो बनाउँदै लग्यो । भेट हुनु अघि नै हामी दुवैले आ–आफ्नो व्यवसाय सुरु गरिसकेका थियौँ । उमेरले हामी दुवैजना २० कै तल थियौं । व्यवसायको विषयमा कुरा हुँदै गर्दा हाम्रा कुराहरु बाक्लिन थाले । अहिले समाजमा फरक खालको सोच देखिन्छ । कानून पनि त्यस्तै बनेको रहेछ । २० वर्ष कम उमेरमा विवाह गर्न नहुने । तर त्यस्तो होईन । महिलाको शारिरीक अवस्थाका कारण त्यसो भएको होला । ब्यवहार र रहनसहन तथा खानपानले त्यसो भन्दैन । ११ वर्षको उमेर देखि बच्चाहरुले फरक लिङ्गसँगको सम्बन्ध खोज्न थालिसकेका हुन्छन् । केलाई राम्रो भन्ने केलाई नराम्रो भन्ने ? दर्जनांै घटना २० वर्ष भन्दा मुनिका छन् । सहमतिमा भएका सम्बन्धहरु पनि जर्बजस्तीमा परिणत हुन थालेका छन् । धेरै युवाहरु त्यहि अभियोगमा आफ्नो भविष्य खतरामा पारिरहेका छन् । अभिभावकहरुले थाहा नपाउँदासम्म सहमति । थाहा पाए पछि जर्बजस्ति । पैसामा कुरा मिलाउँदा ठिक । नमिलाउँदा वाल विवाह । यस्ता धेरै घटनाहरु छन् । अहिलेको समस्या नै यहि हो । विद्यालय तहका अधिकांश बालबालिकाहरु मोबाईल विवाह गरेर टाप कस्न थालेका छन् । मेरो भने समस्या फरक हो । कहानी फरक छ । 
    परिस्थितिका साथै व्यवहारले हामी नजिक बन्दै गयौं । उहाँको परिवार आउँदा मलाई चिनाउनु हुन्थ्यो, अनि मैले मेरो परिवार आउँदा उहाँलाई । यसै मेसोमा हाम्रो यो नजिकपनलाई अरुले देख्दा प्रेम भन्थे, तर हामीलाई भने त्यस्तो आभाष भएको थिएन । यसैक्रममा हाम्रो परिवारिक अवस्था मिल्दोजुल्दो भएपछि विवाहको प्रस्ताव दुवै पक्षबाट आयो । एक–अर्कालाई सकेको बुझेका थियौँ, अनि सहजै हामीले प्रस्ताव स्वीकार ग¥यौं । विहेको मिति तोकियो । दुई चार हजारको काम हामी आफंै टार्न सक्ने भैसकेका थियौँ । तर विवाह नै उम्काउन भने सकेनौं । केही ऋण लियौँ । आफ्नै व्यवसाय रहेकोले पनि होला परिवारलाई खर्च गराउने मनसाय हामी दुवैमा पटक्कै आएन । थोरै भएपनि परिवार सामु आफ्नो खुट्टामा उभिएको देखाउने मन, दुवै मिली सपना लगभग पुरा ग¥यौं । अनि फर्कियौँ त्यही दैनिक गुजारा चलाउने शहर, जहाँ हाम्रो पहिलो भेट भएको थियो । एकै लहरमा थियो हाम्रो व्यवसाय । जस्ले दुई ढोका एकै बनाउन सहज भयो । दिनहरु अघि बढ्दै गए, साथै परिवारको जिम्मेवारी पनि बढ्दै आए ।
    विहेको २ वर्षपछि व्यवसायले हाम्रो व्यवहार धान्न मुस्किल पर्दै गयो । काखमा सानी ६ महिनाकी छोरी । पहिलेदेखि नै मेरो स्वास्थ्य अवस्था अलि कमजोर । त्यसै माथि अप्रेसनबाट डेलिभरी । करिब ३ महिना शारिरीक र मानसिक दुवै रुपमा कमजोर भएँ । वैदेशिक रोजगार बाध्यता हो भन्ने सुनेकी थिएँ, तर भोगेपछि आफंैले थाहा पाएँ । जीवन मायामा होईन पैसामा समर्पित हुँदो रहेछ । बढ्दो खर्च, खँस्किदो व्यवासाय । मन बुझाउने ठाउँ पनि भरिँदै आएपछि पोखिँदो रहेछ । ४ वर्ष व्यापार व्यवसायको अनुभव पछि श्रीमानले विदेश जाने मनसाय राख्नुभयो । २÷४ हजार त ढुक्कले खर्च गर्न सकिन्न, अब नेपाल बसेर काम छैन अब म विदेश जान्छु भन्ने उहाँको योजना बन्यो । देशको अवस्थाले हरेक युवाको मानसपटलमा यो सोचले ठाउँ जमाईसकेको छ भन्दै केही दिन यो विषयमा मौन बसेँ । कुराकानी सँग–सँगै जाने प्रक्रिया अघि बढाउनु भयो । कुरा गरेको करिब डेढ महिना जतिमा संयुक्त अरब इमिरेट्स दुबईबाट भिसा आयो । त्यसपछि हामी दुईको जीवनको सुरुवात गराएको त्यो पसल पनि बेच्ने निर्णय भयो । त्यहि निर्णयसँगै केही वर्षका लागी हुने विछोडका दिनहरु मानसपटलमा छाउन थाले ।
    कमजोर शरीर, काखमा बच्चा अनि परदेशिने तयारीमा श्रीमान् । मन दुखाउन र एक्लो महसुस गर्न अरु कारण के चाहियो र ? मनलाई बेस्सरी बाँधे । जब जाने दिन आयो । त्यो क्षण एक शब्द पनि बोल्न सकिनँ । निमेषभर आँखाहरू जुधे । भरिएको तलाउ सरि छचल्किए आँसुहरु । के भनेर बिदा गरौं ? उस्तै दुविधामा हुनुहुन्थ्यो उहाँ पनि । उहाँको आँखाको भावले बताईरहेको, पढ्न सक्ने भएकी थिएँ यतिबेरसम्मको सामिप्यताले । त्यो नौ महिनाकी छोरीसँगको अंकमाल छुट्याउन कम्ता मुस्किल परेन । विदाईको हात हल्लाउँदै गर्दा मुटु फुट्ला सरि भएको थियो । वैदेशिक रोजगार बाध्यता हो भन्ने सुनेकी थिएँ, तर भोगेपछि आँफैले थाहा पाएँ । जीवन मायामा होईन पैसामा समर्पित हुँदो रहेछ । श्रीमान जानु भएको दुई वर्षसम्म घरपरिवार र आफ्नो जीवन सबै ठिकठाक नै चल्दै थियो । बच्चा सानो भएकोले कुनै जागिर गर्न पनि समय नमिल्ने । तर, उता परिवारले भने म बेलगाम भएर बसे जस्तो नजरले हेर्न थाल्नु भएको रहेछ । श्रीमानलाई पनि फोन गरेर नातिनी खेलाउन पाएनौँ, बुहारी घर आउँदिन भन्नु हुँदोरहेछ ।
    उहाँ विदेश जानु भए पछि गाउँ गएर बसौँ जस्तो नभएको मलाई पनि नभएको त कहाँ हो र ? फेरी भोलि गएर बच्चाको उच्च शिक्षा र आफूले पनि सानो तिनो काम गर्ने आशले गाउँ फर्कन मनले मानेन । पहिले त यो कुरामा बेखुस कोही हुनुहुन्नथ्यो । केही समयको अन्तरालमै यो विषयले हाम्रो सम्बन्धमा प्रवेश ग¥यो । बुझ्न र बुझाउन नजिक भए जस्तो टाढा हुँदा सहज नहुने रहेछ । दूरीले टाढा भए पछि सम्बन्धमा मन दुख्न ठूलो कुरा पनि नचाहिने रहेछ । गल्ती दुवैको छैन, खुलेर पीडा पोख्ने ठाउँ छैन । फोनको कुराकानी घट्न कत्ती समय पनि लागेन । अनि विना गल्तीले दुखेका मनहरु गोटा पर्दै जान थाले । उता श्रीमानको मन पनि पक्कै दुखेको थियो होला । तर, मन खोल्न न उहाँले सक्नुभयो न मैले नै सकें । करिब १ वर्ष यसै गरी बिताई दियौं हामीले । उहाँ विदेश जानु भएको पनि ३ वर्ष पूरा भयो । कुराकानी पातलिँदै गएपछि उहाँ नेपाल फर्कनुभएको थाहा पाउन मैले सामाजिक सञ्जालको सहारा लिनुप¥यो । त्यस बखत मुटु चस्स भयो, त्यो भन्दा पनि बढी चाहिँ एयरपोर्टबाट सिधै घर जानु भएको थाहा पाए पछि भयो । सोचेकी थिएँ, प्रत्यक्ष भेटेर मन माझा–माझ होला, तर त्यो रहेन । अनि एक हप्तापछि फोन गर्नु भयो र भन्नु भयो । डिभोर्सको प्रक्रियामा जाँदैछु । विचार के छ ? एक हप्तापछि सिग्नेचर गर्न आउनु, अनि छोरी मै सँग बस्छे ।
    जुन शब्दले मन भन्दा बढी हातगोडा काम्न थाले । एकपछि अर्काे गर्दै परिवारबाट समेत डिभोर्स दे भन्दै दवावपूर्ण फोनहरु आउन थाले । मैले मलाई प्रष्ट्याउने अवसर उहाँ, परिवार अनि काला कोटधारीसम्म पाइँन, अर्थात कसैले सुन्न चाहेनन । अनि सकियो चाहेर, बुझेर अघि बढाएको जीन्दगीको प्रतिक्षाको घडी । नौ महिना कोखमा बोकेकी छोरी, काखमा दिँदै बलिन्धारा आँसुसहित दुई बुढी औंलाले एउटा नेपाली कागजमा ल्याप्चे हानेर, लागें जिन्दगीको रंग फेरिएला र कुनै दिन फक्रिने आशामा । बैदेशिक रोजगार । नेपालको बेरोजगारी समस्या । नेताहरुको खोक्रा भाषण । शशस्त्र युद्ध, शान्ति प्रकृया, २०६२÷२०६३ को आन्दोलन । त्यस पछिका आशै आशका हाम्रा छट्टपट्टिहरु । कसरी ब्यक्त गरौं । अब गरौ के नगरौ के ? सायद माया र पैसा । सम्पति र सम्वन्ध । 

उरु संजेल
हालः काठमाडौ