2019 July 18/ 06:08: 06am

    काभ्रे भ्यालीलाई स्मार्ट बनाउने उदेश्यले ‘काभ्रे उपत्यकाको समृद्धीको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार र पुर्वाधार’ भन्ने भिजन राख्ने निर्णय भएको छ । उक्त भिजन कार्यान्वयन गर्न तथा परियोजना संचालनका लागि सरलता र सहजीकरणका लागि समन्वय (निर्देशक) समिति गठन गन गर्ने निर्णय भएको छ । 
    निर्देशक समितिको संयोजकमा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुको संयोजकत्वमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, धुलिखेल नगरपालिका उपप्रमुख विमलाकुमारी शर्मा चौलागाई, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, बनेपाका प्रमु्ख प्रशासकिय अधिकृत भोजराज घिमीरे, पनौती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सदस्य रहेका छन् । 
    स्मार्ट काभ्रे भ्यालीका लागि पनौतीको त्रिवेणीघाट देखि धुलिखेल श्रीखण्डपुर हुँदै बनेपाको शेरा र पाण्डे गाउँसम्मको करिव १६ किलोमिटर करिडोर बाटोलाई पक्किकरण गर्ने निर्णय गरेको छ । साथै ट्रिटमेन्ट प्लान्ट सहितको फोहोरमैला ब्यवस्थापनका लागि तीन वटै नगरपालिकाको संयुक्त सहमतिमा उपयुक्त स्थानमा निर्माण गर्ने र नगरकोट टनचोक धुलिखेल नमोबुद्ध बल्थली नागिडाँडा गुर्दुम खानीडाँडा लाकुरी भन्ज्याङ्गलाई पर्यटकिय पूर्वाधार सहितको पदमार्ग निर्माण गर्ने निर्णय गरेको छ । काभ्रे भ्याली मार्फत गठन हुने दुई ठुला परियोजनाको छनौट र कार्यान्वयनसँगै काभ्रे भ्यालीमा रहेका तीन नगरपालिका र एउटा गाउँपालिकाको समृद्धीको यात्रा शुरु हुनेछ ।